कांग्रेसलाइ सोत्तर पार्न एमालेले खोज्यो अपराधी गिरोह



दुई नम्बर प्रदेशमा जसरी पनि नेपाली कांग्रेसलाई पछि पार्न नेकपा एमालेले भ्रष्टाचार गरी ट्याङकीभित्र लुकाउनेदेखि उम्मेद्वारसँग मोटो रकम उठाउन माहिर ठहरिएका नेताहरुलाई खटाएको छ ।
दुई नम्बर प्रदेशबाट एमालेलाई पहिलो पार्टी बनाउन खटिएका नेताहरुको नेतृत्व भने महासचिव ईश्वर पोखरेलले पाएका छन् । पार्टीले जिम्मेवारी दिएपछि पोखरेलले कांग्रेसलाई पछि पार्न सबै निर्वाचन क्षेत्रमा कांग्रेस बाहेकका दलहरुसँग तालमेल गर्न र मधेसमा रहेका आपराधिक समूहलाई समेत प्रयोग गर्न निर्देशन दिएका छन् ।

पोखरेलले खटाएका नेताहरुमध्ये योगश भट्टराईले धनुषा, गोकर्ण विष्टले सर्लाही र भीम आचार्यले सप्तरकिो कमाण्ड सम्हाल्ने छन् भने पृथ्वीसुब्बा गुरुङले महोत्तरी र प्रदीप ज्ञवालीले लाहानको जिम्मेवारी पाएका छन् ।

एमालेले दुई नम्बर प्रदेशमा रहेर मधेसकेन्द्रित दलहरुको दबाब सहेर बसेका र यसअघि मधेसको नेतृत्व गर्दै आएका कुनै पनि नेतालाई मुख्य जिम्मेवारी दिएको छैन ।
एमाले निकट स्रोतका अनुसार पोखरेलले मधेसमा रहेको सीकेलाल समूहलगायतका अन्य समूहहरु खोजेर उनीहरुलाई कांग्रेससभा बिथोल्ने जिम्मेवारी दिन र पैसाको कमी नठान्न दुई नम्बरमा खटिने पाँच नेतालाई निर्देशन दिएका छन् । उनले अधिकांश ठाउँमा मतदान केन्द्रमा समेत हस्तक्षेप गर्नुपर्ने भएकाले एमालेलाई आपराधिक समूह पनि आवश्यक हुने बताए । देशान्तर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु