माग्नेलाई भत्ता नदिन मन्त्रीको उर्दी



हाम्रो इकोनोमि

महिला तथा बालबालिका मन्त्री आशा कोइरालाले माग्ने जति सबैलाई सरकारले भत्ता दिन नसक्ने बताउनुभएको छ ।
आज भक्तपुरको लोकन्थलीमा अग्रज समाज नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विभिन्न समूहले भत्ता माग गर्दै आएको अवस्थामा विकास बजेट काटेर भत्तावितरण गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–“सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिँदै आएको छ, अब बेरोजगार भत्तादेखि विभिन्न समूहले भत्ता माग्न थालेका छन्, मागे जतिलाई भत्ता वितरण गर्ने हो भने विकास बजेट सकिन्छ, देशको विकास अड्किन्छ ।”
राज्यले ज्येष्ठ नागरिकको संरक्षणको दायित्व लिनुपर्ने औल्याउँदै उहाँले ज्येष्ठ नागरिकलाई पनि दिँदै आएको भत्तामा वृद्धि गरेर दोब्बर, तेब्बर भत्ता दिनसक्ने अवस्थामा सरकार नरहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले ज्येष्ठ नागरिकलाई बोझ मान्ने परिवार बढ्दै गएको अवस्थालाई रोक्न नसके भयावह हुनसक्नेमा सचेत हुनुपर्ने बताउनुभयो ।
अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले जुनसुकै सरकारले पनि ज्येष्ठ नागरिकको मागलाई सम्बोधन नगर्ने र आश्वासन मात्रै दिने गरेको भन्दै रोष प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...