छोरो नपाएको भन्दै श्रीमती माथी निर्धात कुटपिट,ससुराले पनि बुहारी माथी लात्ती वर्षाए



हाम्रो इकोनोमि

छोरा नपाएको र लेनदेनको विषयमा कुरा नमिलेपछि कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउँकी २० वर्षिया सबिना खातुनलाई उनकै श्रीमान् दीलसार खान र सुसरा इजहार खानले निर्घात कुटपिट गरेका छन् । समाजमा चेतनशिल परिवारका रुपमा चिनिएको भए पनि खान परिवारले उक्त घटना घटाएर आफ्नै हुर्मत लिएका छन ।

साढे २ महिने दूधे छोरीलाई समेत सबिनाबाट अलग राखिएको छ ।दुवैले ११ साउनमा आफन्तको विवाह समारोहमै लठ्ठी मुक्का र लात्तीले आफ्नो छोरीलाई कुटेको पीडितका बुबा यशोधरा गाउँपालिका– ५ लोहोरौलीका लइस पठानले बताए। कुटपिटबाट सबिनाको कान, पिठ्युलगायत शरीरका विभिन्न भागका नील डाम परेको छ ।

तौलिहवामा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि अहिले रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कजेलमा लगिएको र २ दिनको उपचारले केही विशेक भएपछि घर ल्याएको बुबा लइसले बताए । अहिले छोरीको अवस्थामा केही सुधार रहेको उनले बताएका छन् । घटनापछि छोरी निकै त्रसित बनेको र आफ्नो घरसमेत नजाने निर्णय गरेकी उनले बताए ।

पीडित सविनाले आफूलाई श्रीमान् र पति दुवैले विवाह भएको एकदुई महिनामै छोरा नपाए ठीक नहुने भन्दै धम्काउने गरेको सुनाइन् । छोरी पाएपछि त आफूलाई श्रीमानले दिनहु मानसिक तनाव दिने र कुटपिट गर्ने गरेको उनले बताएकी छन् । १४ महिनाअघि सविनाको दिलसारसँग धुमधामले विवाह भएको थियो । विवाहलगत्तै दिलसार र इजहारले आपूहरुलाई वारिसका लागि छोरा नै चाहिएको र छोरी पाए ठीक नहुने भन्दै छोरीलाई धम्की दिने गरेको पीडितकी आमा शायराले बताइन् ।

गत साउन ११ गते राति आफन्तको छोरीको विवाह समारोहमा ज्वाइँ र सम्धी मिलेर आफ्नै अगाडि निर्घात कुटेको उनले बताइन् । दुवैको मुस्लिम परम्पराअनुसार धुमधामसँग विवाह भएको थियो । घटना विषयमा पीडित र पीडक दुवै पक्षको प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी सहायक निरीक्षक इन्द्रा गिरीले बताइन् । दुवै पक्ष र पीडीत भनिएको महिलासँग कुराकानी गरेपछि सत्यतथ्य बाहिर आउने उनले बताइन् । सम्धी–सम्धीबीचको आपसी लेनदेनको विषयले उग्ररुप लिएर झगडा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए । ‘उनीहरुबीच आपसी लेनदेनको विषय रहेछ, उक्त विषयले महिलामाथि निर्घात कुटपिट हुनु अपराध हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...