गोविन्दको समर्थन गर्दै राजधानीमा मेडिकल माफियाको मलामी,कुन पार्टीका कुन-कुन नेताले दिए केसीलाइ सलामी



अनशनरत डा. गोविन्द केसीको पक्षमा शनिबार राजधानीमा र्‍याली निकालिएको छ । माइतीघर मण्डलाबाट वानेश्वरसम्म निकालिएको र्‍यालीमा चिकित्सक, कर्मचारी, विद्यार्थी, राजधानीका अस्पतालहरुमा उपचाररत बिरामीका आफन्त र सर्वसाधारणको बाक्लो उपस्थिति थियो । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी साउन ९ गते देखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनमा बसेका छन।

र्‍यालीका क्रममा ‘सांसदलाई भत्ता, चिकित्सा शिक्षा ऐन बेपत्ता’, ‘एक दुई तीन चार, हामी मान्ने छैनौं हार’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’ लगायत नारा लगाइएका थिए । केसीको मागमा ऐक्यवद्धता जनाउँदै शनिबार काठमाडौंमा माफियाहरु देश घेर्दै ६०१ ले के हेर्दै ? भन्दै मानव साग सडकमा उर्लिएको हो । विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपालका समर्थकसँगै निकालिएको र्यालीमा सर्वसाधारण र नागरिक समाज पनि सहभागी भए । डा. केसी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने मागसहित सोमबारदेखि आमरण अनशनमा छन् । यो उनको ११औं अनशन हो ।

 

यसपटकको र्‍यालीलाई मेडिकल माफियाको मलामीका रुपमा संकेत गरिएको थियो । माफियाको पुत्लालाई बाँसमा बाँधेर शंख र घन्ट बजाउँदै हिँडाइएको थियो । यसैगरी, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले सांसदहरुलाई माफियाका पूजारी बनाएर ‘माफिया पूजन’ कार्यक्रम गरेका थिए । उनीहरुले आईओएमलाई माफियाले आफ्नो चंगुलमा पारेको प्रतीकात्मक रुपमा देखाएका थिए । कार्यक्रममा विवेकशील साझा पार्टीका सहसंयोजकहरु रवीन्द्र मिश्र र उज्वल थापा पनि सहभागी भए भने नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमी लगायतका नेताहरु पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय