देश भर बिहान देखी अहिले सम्म के-के घटना भए,एकै समाचारमा सयौ विवरण हेर्नुहोस



नेपाल प्रहरीले उपलब्ध गरेको विवरण अनुसार आज मुलुक भर घटेका घटनालाइ केन्द्रित गरेर समाचार तयार परेका छौ। कहाँ के के भयो सबै समाचार अध्ययन गर्नुहोस।

भरतपुर महानगरपालिका–२३ नयाँबस्तीमा ग.१ ख ५८१४ नम्बरको माइक्रोबसले बिहीबार ठक्कर दिँदा सोही ठाउँ बस्ने ७५ वर्षीया चिनीमाया भुजेलको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित बैजुरा पुल नजिक ग.२ च २३३० नम्बरको बलेरो जिप अनियन्त्रित भई बिहीबार रुखमा ठोक्किन जाँदा जिपमा सवार झापा, बिर्तामोड नगरपालिका–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमै मृत्यु भएको छ । जीप चालक चितवन, रत्ननगर नगरपालिका–१३ टाँडी बस्ने ४३ वर्षीय तेजमान श्रेष्ठ गम्भीर घाइते भएकोले उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ गमरीया टोलमा ज.१ त ३६३६ नम्बरको ट्याक्टरको ट्रलीमा सोही ठाउँमा लेबर काम गरी बस्ने २२ वर्षीय राम दुलाल यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । मृतकको छातीमा टायरले किचेको दाग देखा परेकोले ट्याक्टरले किचेर घाइते भई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आशंका गरिएको छ । टयाक्टर छाडी फरार भएका चालकको खोजी भइरहेको छ ।

सर्लाहीमा रहेको ईश्वरपुर नगरपालिका–५ डाका चोकमा बिहीबार मे.१ ख ९०८० नम्बरको बसले मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई ना.६ ख १४५८ नम्बरको ट्रकलाई ठक्कर दिंदा बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १ जनालाई मोडेल अस्पताल नवलपुर, ९ जनालाई गढीमाई अस्पताल लालबन्दी र १ जनालाई लालगढ अस्पताल धनुषा उपचारको लागि पठाइएको छ । घाइतेमध्ये ७ जनाको अवस्था सामान्य र ३ जनाको अवस्था मध्यम रहेको छ । बस र ट्रक तथा दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ तौलुङ बस्ने ५५ वर्षीया पार्वती ढकाल आफ्नै घरको कोठाभित्र हथौडा प्रहारबाट मृत्यु भएको अवस्थामा बिहीबार फेला परेकी छन् ।
उनको घरमा धनमाल चोरी भएको, मृतकको कन्चटमा हथौडाले हिर्काएको चोट देखिएको र घटनास्थलमा हथौडा समेत फेला परेकोले प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको छ । मृतकका २ छोरी कार्यालय गएको र नाति बिद्यालय गएको बुझिन आएको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित खुल्ला चौरमा हाल नाम, थर, वतन नखुलेकी करीव ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै धादिङको खनियाबास गाउँपालिका–४ स्थित मकैबारीमा ईलाका प्रहरी कार्यालय दार्खामा कार्यरत प्रहरी सहायक निरीक्षक बीरबहादुर गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको शुक्लागण्डकी–४ गाछेपानीस्थित पृथ्वी राजमार्ग नजिकको भिरमा सोही ठाउँस्थित कागज कारखानामा काम गर्ने स्याङजाको हरिनास गाउँपालिका–३ का ३८ वर्षीय हरिप्रसाद भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनी विगत ३ दिनदेखि हराएको भन्ने बुझिएको छ ।

जुम्ला स्थित गोटीचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय भक्तबहादुर बोहोरा सोही ठाउँस्थित चुडीगाउँ किखुरा खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गत जेठ २६ गतेदेखि हराई बेपत्ता भएका उनको सडीगलेको अवस्थामा शव फेला परेको हो ।

बाराको कोल्हवी नगरपालिका–५ नयाँटोलस्थित राम अयोध्या चौधरीको माछा पोखरीमा हाल नाम, थर, वतन नखुलेका करीव २६ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट – चन्द्रपुर नगरपालिका–१ पौराई मंगलपुरस्थित बाग्मती सिचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका करीव ४० बर्षीय पुरुषको शव सडीगलेको अवस्थामा शुक्रबार फेला परेको छ ।

नुवाकोटको ककनी गाउँपालिका–४ ढुङगेपौवामा हाल नाम, थर, वतन नखुलेका करीव ५५ वर्षाीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

उता चितवनको भरतपुर महानगरपालिका–१० स्थित जिल्ला कारागार भरतपुरमा रहेका कर्तब्य ज्यान मुद्धाका कैदी मकवानपुरको हाँडीखोला–७ का ४८ वर्षीय सिताराम बिकको जिल्ला अस्पताल भरतपुरमा उपचारको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । क्यान्सर रोगको उपचारको लागि केन्द्रीय कारागार काठमाडौंबाट गत असार २३ गते स्थानान्तरण गरी ल्याइएका बिकको उक्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका–११ भैरवनाथ मन्दिरस्थित ईचा पोखरीमा पौडी खेल्ने क्रममा बिहीबार अचानक डुबेर वेहोस भएका सोही ठाउँ बस्ने प्रकाश देसारको छोरा ६ वर्षीय प्रदेश देसारको सुमेरु अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको छ ।
कपिलबस्तु नगरपालिका–६ बस्ने ७५ वर्षीया कैलाशी केवट बिहीबार घरबाट भैसी चराउन गएकोमा साँझ घर फर्की नआएपछि खोजी गर्दै जाने क्रममा स्थानीय रामघाट नदीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छन् ।तस्बिर; पुरानो हो,आजको घटना संग सम्बन्धित छैन 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय