परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन



हाम्रो इकोनोमि

शहरी विकासमन्त्री प्रभु साहले पर्सामा भइरहेको विकास निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुका साथै स्थलगत अनुगमनसमेत गर्नुभएको छ ।

एसियाली विकास बैंक९एडिबी०द्वारा वीरगन्ज महानगरपालिकामा सञ्चालित शहरी वातावरणीय सुधार आयोजना तथा वीरगन्जकै अलौँमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी ९आइसिपी०को मन्त्री साहले आज स्थलगत अनुगमन गर्नुभयो ।

मन्त्री साहले स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी कार्यालयको आपसी समन्वयको अभावमा निर्माणमा ढिलाइ भएको बताउनुभयो । विकास निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि सरकारी कार्यालयका अधिकारीबीच समन्वयको कमी र ठेकेदारको बदमासीले निर्माण समयमा पूरा हुन नसकेको मन्त्री साहले गुनासो गर्नुभयो ।

ठेक्का लिने र विभिन्न बहाना बनाई समयमा काम पूरा नगर्ने ठेकेदार तथा कामको निगरानी गर्ने जिम्मा पाएको सरकारी अधिकारीसमेतलाई कारबाहीको दायरामा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री साहले आइसिपीको निर्माणलाई तीव्रता दिई सन् २०१७ नोभेम्बरभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । जग्गाको मुआब्जा विवादलाई चाँडै हल गरी सडक निर्माणलाई गति दिइने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...