भ्रमणमा देउवा कहिले जादैछन पारी,दिल्लीको शर्त माने चीनले पनि बोकाउने भो यस्तो भारी



भारतको भ्रमणमा जान खुट्टा उचालेर बसेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीले भने शर्तको थुप्रो लगाईदिएको छ । सकेसम्म छिटो दिल्ली गएर दाम चढाउने परम्परा पूरा गरेर ढुक्क हुन चाहे पनि दिल्लीले तेर्साएको शर्तका कारण पनि भ्रमणमा ढिलाई भईरहेको बुझिएको छ। यस अघि भारतका नया राष्ट्र पतिले सपथ गरेको एक हप्तामै दिल्ली भ्रमणमा जाने भने पनि त्यो अहिले सम्म पुरा हुन् सकेको छैन।तर भदौमा देउवाको दिल्ली भ्रमण भने हुदैछ।

भारतले नयाँ दिल्ली जानु भन्दा अगाडि दूतावास मार्फत नेपालका गाउँ गाउँमा गरिंदै आएको रकम वितरण कार्यक्रम, साना विकास आयोजनालाई नविकरण गर्न भनेपछि देउवा अप्ठेरोमा परेका हुन् । भारतले आफनो दूतावास मार्फत नेपालका गाउँ गाउँमा पाँच करोडसम्मको रकम दिने गरेको छ ।

कतै खानेपानी आयोजनाको नाममा त कतै विद्यालय, कलेज वा मठ मन्दिरको नाममा भारतले रकम बाँड्दै आएको छ । रकम बाँड्ने मात्रै होइन, रकम बाँडिएका ठाउँमा आफना एजेण्ट पनि तैनाथ गर्ने काम भारतले गर्दै आएको छ।

उक्त साना विकास आयोजनाको अवधि आगामी अगष्ट ५ मा सकिने भएकाले भारतले देउवामाथि दबाव बढाएको हो । तर प्रधानमन्त्री देउवा भने सोही दबावका कारण अप्ठेरोमा परेको बुझिएको छ । चीनले समेत भारतीय मोडेलकै लगानी गर्नका लागि पटक पटक आग्रह गर्दै आएको छ । भारतसंगको सम्झौता नविकरण गरेर चीनलाई टार्न पनि नसक्ने अवस्थामा सरकार रहेको अधिकारी हरुले बताएका छन । चीनलाई पनि त्यस प्रकारको अवसर दिउँ नयाँ दिल्लीको तगारो छँदै छ । यदि भारतले भने बमोजिम देउवाले गरे चीनले पनि त्यसैलाई नजिर बनाएर तराइमा गतिबिधी गर्न माग गर्नेछ। भारतले पहाडी जिल्ला अझ चीनका सिमाना सम्म पुगेर गुम्बा स्कुल लगायत निर्माण गर्ने गरेको छ भने केहि बर्ष यता बाट चीनले पनि तराइमा भौतिक संरचना निर्माण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको