पाकिस्तानी प्रधानमन्त्री शरिफ आयोग्य घोषित



हाम्रो इकोनोमि

पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धि अभियोगहरुमा गरिएको छानविनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहोदामा बसिरहन अयोग्य घोषित गरिदिएको छ।

अदालतको यो आदेश सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार सरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको सम्पतिबारे गरिएको अनुसन्धान पछि आएको हो । उनले त्यस आरोपको निरन्तर रुपमा अस्वीकार गर्दै आएको थियो ।

बीबीसीका अनुसार उक्त आदेश सर्वोच्च अदालतको पाँच जना न्यायाधीशहरुको बेत्र्चले सर्वसम्मत रुपमा गरेको हो ।

शुक्रबार उक्त आदेशका बेला अदालत भरिभराउ थियो भने राजधानी सहरमा दशौं हजार सुरक्षा फौज तैनाथी गरिएको थियो । रोयटर्सका अनुसार एक जना न्यायाधीश इजव अफजल खानले भने, ‘नवाज सरिफ संसदको इमान्दार सदस्यको रुपमा रहेनन् ।’

यस भ्रष्टाचार काण्डमा सरिफकी छोरी मर्यम, ज्वाई सफ्दर, अर्थमन्त्री इक्कदर र अरु पनि व्यक्तिहरु मुछिएका छन् ।

बीबीसीले पाकिस्तानमा कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो कार्यकाल पुरा नगरेको र सरिफ पनि कार्यकाल पुरा गर्न एक बर्षभन्दा कम समय बाँकी हुँदा बर्खास्तगीमा परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...