पाकिस्तानी प्रधानमन्त्री शरिफ आयोग्य घोषित



हाम्रो इकोनोमि

पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धि अभियोगहरुमा गरिएको छानविनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहोदामा बसिरहन अयोग्य घोषित गरिदिएको छ।

अदालतको यो आदेश सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार सरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको सम्पतिबारे गरिएको अनुसन्धान पछि आएको हो । उनले त्यस आरोपको निरन्तर रुपमा अस्वीकार गर्दै आएको थियो ।

बीबीसीका अनुसार उक्त आदेश सर्वोच्च अदालतको पाँच जना न्यायाधीशहरुको बेत्र्चले सर्वसम्मत रुपमा गरेको हो ।

शुक्रबार उक्त आदेशका बेला अदालत भरिभराउ थियो भने राजधानी सहरमा दशौं हजार सुरक्षा फौज तैनाथी गरिएको थियो । रोयटर्सका अनुसार एक जना न्यायाधीश इजव अफजल खानले भने, ‘नवाज सरिफ संसदको इमान्दार सदस्यको रुपमा रहेनन् ।’

यस भ्रष्टाचार काण्डमा सरिफकी छोरी मर्यम, ज्वाई सफ्दर, अर्थमन्त्री इक्कदर र अरु पनि व्यक्तिहरु मुछिएका छन् ।

बीबीसीले पाकिस्तानमा कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो कार्यकाल पुरा नगरेको र सरिफ पनि कार्यकाल पुरा गर्न एक बर्षभन्दा कम समय बाँकी हुँदा बर्खास्तगीमा परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...