पत्रकार पटेलको लोभ लाग्दो काम,सप्तरी पुगेर बाढीपिडितलाइ बाँडे माम



हाम्रो इकोनोमि

सप्तरीको बाढी पिडितलाई सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा संयुक्त रुपमा सप्तरी बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ ।
रौतहट जिल्ला गौर नगरपालिकाका सचेत युवा र मधेश प्रदेश अनलाईन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमनु कुमार पटेल र पहल नेपालको संयोजक एवं तराई मधेश राष्ट्रिय परिषद्का सदस्य युवा समाजसेवी सरोज रायका संयुक्त रुपमा तिलाठी कोईलाडी गाउँपालिकाका मण्डल बस्तीका बाढी पिडित र राजविराज नगरपालिका ९ मलेठटोलका दलित बाढी पिडित गरि ८० घरधुरीका परिवारजनलाई राहत स्वरुप २५ किलो चालम, ५ केजी चिउरा, २ किलो दाल, २ किलो आलु, १ प्याकेट नुन, एक काटुर्न मिनिरल वाटर, १० प्याकेट चाउचाउ र एक एक थान शुद्ध पानी प्युने फिल्टर वितरण गरिएको सचेत युवा रौतहटको सदस्य शशी यादवले जानकारी दिएका छन् ।

१३ जना अति विपन्न, गरिब, असहाय, गर्भवती महिलाहरुलाई २ हजारको दरले नगद वितरण गरेका हुन । त्यस्तै मधेश आन्दोलनामा एकै टोलका ३ जना सहिद परिवारलाई समेत राहत वितरण गरेको रिपोटर्स क्लब नेपालका अध्यक्ष युवा प्रभावशाली पत्रकार अभिमन्यु पटेलले जानकारी दिए।

अध्यक्ष पटेलका अनुसार राहत विदेशबाट क्षेत्रीय समाज बेल्जियमको महासचिव तथा एनआरएन बेल्जियका उपाध्यक्ष, समाजसेवी यसोदा थापा, रौतहटबाट होटेल रैन्बो, पूर्व मेयर तथा फोरम नेपालको मेयर उम्मेदवार गौरीशंकर प्रसाद यादव, टिएमसी अस्पताल गौर, राजपुर गाउँपालिकाबासी, गरुडा नगरपालिकाबासी, परोहा गाउँपालिकाबाट नेपाली काँग्रेसका नेता शेख वकिल, एमालेका पवन कुमार पटेल, समुदायिक शक्ति नेपाल गौर लगायत विभिन्न ठाउँबाट सहयोगी महानुभाव व्यक्तिहरुबाट संकलित सहयोग रकमबाट राहत सामग्री बाढि पीडित परिवारलाई उपलब्ध गराईएको छ ।

राहत वितरण कार्यक्रममा मटुक पासवान, ओम प्रकाश पटेल, राकेश यादव, गंगा सदा, रेडियो छिन्नमस्ताका प्रबन्ध निर्देशक शिव प्रताप शाह, थारु पत्रकार संघका अध्यक्ष नबिन चौधरी, वडा प्रहरीका कार्यालयका प्रहरी सहायक निरीक्षक टेक नारायण चौधरी, प्रहरी जवान दुर्गानन्द चौधरी लगायतको सहयोगमा राहत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...