देउवाले माछो दिन्छु भनेर ककसलाई भ्यागुत्तो दिए,इमान्दारको किन हुर्मत लिए?



प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका केही व्यक्तिहरुमाथि गम्भीर खेलवाड गरेका छन् । केही व्यक्तिहरुबाट त आर्थिक शुभलाभ गरेर पनि देउवाले धोका दिएको चर्चाले बजार तातेको छ । पर्वतका सांसद तिनै अभागी मध्ये पर्दछन् जो देउवाको खेलवाडको शिकार बनेका छन् । कति सम्म भने दौरा सुरुवाल लगाएर सपथ खान जान ठिक्क परेका उनलाई हरिया बुढी हिस दात बनाएका देउवाले गोरखाका चिनकाजी श्रेष्ठलाइ पनि उही हालतमा पुर्याई दिए।
श्रेष्ठ यतिबेला “गांठ भी गुमाना बेबकुफ भी बन्ना” भन्ने हिन्दी कहावत गुनगुनाउँदै हिड्ने अवस्थामा पुगेको छु भन्न थालेका छन । श्रेष्ठ त सपथ खान घर बाट पनि निस्किएका थिए। आधा बाटो पार गरेका उनी मन्त्री नहुने खबर आए पछि फेरि घरै फर्केको बताइन्छ।

गतवर्ष कांग्रेस महाधिवेशनको बेला कोईराला क्याम्पसँगको लामो सम्बन्ध तोड्दै जोशी देउवातिर लागेका थिए । देउवाले जोशीलाई प्रचण्ड सरकारमा पनि मन्त्री बनाउने बचन दिएका थिए । देउवा भन्दा पनि आरजु देउवाले मन्त्री बनाईदिने भन्दै ठुलो रकम लिएकी थिईन ।
तर मन्त्री मण्डल बन्दै गर्दा भने पर्वतकै अर्को कांग्रेस नेता नवराज गुरुङको समूहलाई उचालेर जोशीको बिरोध गराईयो । जोशी मन्त्रीबन्न पाएनन् । देउवाले उतिबेला “मेरो क्याविनेटमा मन्त्री पक्का” भनेपछि जोशी चुप लागेका थिए । तर यस पटक पनि जोशी नराम्ररी चिप्ल्याईका छन् । जोशी मात्र होइन देउवाको जालमा परेर फस्नेको संख्या अझै धेरै छ। पांचथरका भिष्मराज आङ्गदेम्बे लाइ पनि देउवाले माछो माछो भ्यागुत्तो बनाई दिए।

गत मंगलबार दिनभर र बुधबार बिहानसम्म पनि मन्त्रीको सूचिमा रहेका अर्जुन जोशीको नाम अन्तिम घडीमा देउवाले हटाएका थिए । जोशीको नाम काटेर विमलेन्द्र निधि निकटका महेन्द्र यादवलाई मन्त्रीको सूचिमा हालिएको थियो । जसका कारण महेन्द्र यादव आउट ड्रेसमै शितल निवास पुगेका थिए । जोशी मन्त्री नबनेपछि पर्वत कांग्रेसको नवराज गुरुङ पक्षमा भने खुशीयाली छाएको छ, भने पर्वत १ नम्बरबाट लगातार तीन पटक चुनाव जित्दै आएका जोशी खेमामा भने निरासा छाएको छ । पर्वतका जोशी मात्र होइनन काठमाडौंका ध्यान गोविन्द रञ्जितको पनि मुख रातो पार्दिए देउवाले।

काठमाडौंको क्षेत्र नम्बर ९ बाट निरन्तर चुनाव जित्दै आएका ध्यान गोविन्द रञ्जितलाई पनि पटक पटक धोका दिएका छन्, देउवाले । निरन्तर देउवाको पक्षमा लाग्दा पनि रञ्जित सधै रित्तै बनेका छन् । जबकी काठमाडौंबाट चुनाव जित्ने अधिकांश कांग्रेसीहरु मन्त्री भईसकेका छन् । देउवाले अब राज्य मन्त्री बनाउदा पनि धेरैलाई भ्यागुत्तो बनाउने चर्चा चल्न थालेको छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय