खोलामा पुल नहुँदा विद्यार्थीको पढाइमा समस्या



हाम्रो इकोनोमि

साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसँगै समस्या पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जान साना बालबालिकालाई खोलानालामा पानी बढेका कारण समस्या भएको हो ।

वर्षायाममा खोलामा पानी बढ्ने तर पुल नभएका कारण विद्यालय आउन र जान समस्या भएको जिकुवास्थित पञ्चभयार माविका शिक्षक दलबहादुर खत्रीले बताउनुभयो ।

। वर्षायाममा लामो समस्यसम्म विद्यालय बन्द हुँदा विगतका वर्षमा खासै चिन्ता हुँदैनथ्यो तर योपटक साउन ५ गते नै विद्यालय खुल्दा समस्या भएको हो ।

स्थानीय जनप्रतिनिधिले यहाँका विद्यालय नजिक रहेका खोलामा काठेपुलको व्यवस्था गरिदिए ढुक्कका साथ बालबालिकालाई विद्यालयमा पठाउन सकिने त्रिवेणी नलगाड नपा–८ का रामप्रसाद खत्रीले वताउनुभयो ।

हिउँदयाममा खोलामा पानीको मात्रा कम हुने भएकाले त्यसतर्फ ध्यान कसैको नजाने स्थानीयवासीको भनाइ छ । जिल्लाका रग्दा, भगवती, सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ, दहलगायतका अधिकांश ठाउँमा यो समस्या छ ।

खोलामा अस्थायी पुल भए पनि तत्काल स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने चर्को माग उठेको छ । विगतमा विद्यालय आउँदै गर्दा धेरै विद्यार्थीले ज्यान गुमाएको सम्बद्ध शिक्षकको भनाइ छ ।

अहिले यहाँका स्थानीय तहमा विनियोजन गरिएको बजेटमा खोलामा पुल निर्माण गर्नेतर्फ ध्यान नगएको छैन।

प्रतिक्रिया दिनुहोस
वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...

चितवनका ४२ शैक्षिक परामर्श केन्द्रसँग स्काइलाइन इन्टरनेशनल कलेजको अन्तरक्रिया

  वैदेशिक शिक्षाको क्षेत्रमा सहकार्य तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्काइलाइन...

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ...