आदिमकाल देखि छुट्टै पहिचानमा बाचेका दार्जिलिङ्गका गोर्खाहरु पछिल्ला दिनमा आफ्नै मुलुकबाट प्रताडित बनेका छन।गोर्खाल्याण्डको माग राखेर सुरु भएको आन्दोलन २ महिना पुग्न लाग्दा समेत उचित सम्बोधन भएको छैन।दर्जनौले सहादत प्राप्त गरिसके तर बंगालकी मुख्य मन्त्रीको झोसपोल र दमनले गोर्खाहरु अझै आक्रामक बनेका छन। केन्द्र सरकार कानमा तेल हालेर बसेको छ।
हुन त दार्जिलिङ्गको उही बेला देखि छुट्टै हैसियत भएको तथ्य पनि बाहिरिएको छ । अमेरिकी नागरिक होपकुपका अनुशार १९६६ मा एउटा तिब्बेटीयन बुलेटिन पुस्तकमा प्रकाशित लेखका अनुशार बास्तबमा दार्जिलिङ सिक्किम भारतको नभएकोखुल्न आएको छ । यो एउटा छुट्टै तिब्बेतसंग जोडिएको भु–भाग रहेको उल्लेख छ । तत्कालिन अवस्थामा १२ औं च्योग्याल ग्यालमोकी कुइन अफ कन्सट बनेकी अमेरिकी नागरिक होपकुकले नाग्याल तिब्बेतियोलोजि बुलेटिनमा एउटा लेख प्रकाशन गरि दार्जिलिङ सिक्किम भारतको भु–भाग नभएको खुलासा गरेकी छिन् । यो लेखले भारतिय संचार माध्यममा छुट्टै तरगं पैदा गरेको छ । तत्कालिन अवस्थामा भारतलाई कब्जा गरिरहेको तल्कालिन इष्ट इन्डिया कम्पनिलाई केही समयको लागि भोकाधिकारका लागि दिएकोमा पछी गएर यो भु–भाग भारतले आफ्नो भुमिमा कब्जा गरेको पुस्तकमा प्रकाशित लेखमा उल्लेख छ । तिबेतियन रिमपुछे गुरुले केही समयका लागि बस्नको निम्ति अधिकार दिएको तर पुर्ण रुपमा सम्पुर्ण भोकचलन अधिकारको निम्ति नदिएको उल्लेख गरिएको छ । तल्कालिन ति गुरुले पुर्ण रुपमा अधिकार नदिएपनि पछी गुरुको देहन्त पश्चात सो भुमिमा तल्कालिन बृटिस सामराज्यले आफ्नो अधिनमा लिएको पुस्तकमा उल्लेख गरिएको छ । तल्कालिन अवस्थामा यो राज्य कुनै सामराट को अधिनमा नभएको समेत आंैल्याएका छन् । दार्जिलिङलाई फिर्ता गर्नुपर्ने शर्त राखि दिइएकोमा पछि गएर तल्कालिन इष्ट इन्डिया कम्पनी आफ्नो अधिनमा राख्यो, फिर्ता गरेन । तल्कालिन अवस्थामा यहाँका अधिकार प्राप्त अधिकारीले दार्जिलिङ सिक्किम एरिया कसैको पक्कडमा नरहोस् भन्नको खातिर यो भुमि केही समयको लागि लिइएकोमा पछी भारतले दिल्ली, गंगोत्रिसम्म आफ्नो अधिपत्य जमाएको समेत पुस्तकमा उल्लेख छ । तल्कालिन गुरुले केही समय उपभोगको लागि दिएको दार्जिलिङ सिक्किम आखिर ति गुरु रिमपुछेको मृत्यु पश्चात भारतमा विलय हुन गयो । आखिर त्यहाँबसोबार गरिरहेकी अमेरिकी नागरिक होपकुक तल्कालिन गुरु रिमपुछेको मृत्यु भएपश्चात अमेरिका फर्किएको समेत पुस्तकमा प्रष्टसंग उल्लेख गरिएको देखिन्छ । अहिले आएर भारतले केही समएका लागि उपभोग गर्न दिएको सो भुमिमाथि हस्तक्षेप गर्दै आएको छ । दिनानुदिन स्थानिय बासिन्दाहरु स्वायत्त राज्य बनाउनको निम्ति आन्दोलनरत छन् । बास्तबमा यो भुमि तिब्बेतसंग जोडिएको देखिन्छ ।
यी र यस्तै तथ्यलाइ ध्यान दिएर भारतले गोर्खाल्याण्ड लाइ ३० औ राज्य घोषणा गर्नु पर्ने मत बलियो बन्दै छ। इतिहासलाइ साक्षी राखेर गोर्खाल्याण्डको माग गर्दै अनसन बसेका तीन युवाले बरु ज्यान जाओस तर गोर्खाल्याण्ड प्राप्त होस् भनेका छन। कलेबुंगका राजु बिश्वकर्मा,अजित रोका र सागर दियालीको पिसाब बाट रगत बग्न थालेको छ। उनीहरु गोर्खाल्याण्डका लागी अनसन बसेका छन। उपचार र दबाई होइन गोर्खाल्याण्ड देउ सबै ठिक हुन्छ भन्दैछन। दार्जिलिङ्गको र पहाडको उ बेला देखिको अस्तित्वलाइ स्वीकार गर्दै गोर्खाल्याण्ड दिने कि युवाहरुको ज्यान लिने मोदी ज्यू ?