प्रलोभनमा यसरी बेचिन्छन चेलीबेटी



हाम्रो इकोनोमि

मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् ।

सुर्खेतको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैरसरकारी संस्थाले चेलीबेटी बेचबिखन रोक्न अभियानमा वर्षेनी लाखौँ पैसा खर्च गरेपनि न्यूनीकरण भएका छैनन् ।

सुर्खेतमा चेलीबेटी बेचबिखन बाहिर नदेखिए पनि आन्तरिक रुपमा यसको जालो ठूलो रहेको महिला तथा बालबालिका कार्यालय, सुर्खेतका प्रमुख जमुना पौडेल बताउनुहुन्छ । अदालत र कानुनी सहायता केन्द्रको रिपोर्टअनुसार सुर्खेतमा चेलीबेटी बेचबिखन अत्यधिक मात्रामा हुने गरेको उहाँको भनाइ छ ।

जनचेतनाको अभाव र गरिबीका कारण महिला प्रलोभनमा परेर बेचिने गरेको उहाँले उल्लेख गनुभयो । साबिक मैनतडा, छिन्चु, राकम, पश्चिम क्षेत्रका बाबियाचौर, तातापानी, घाटगाउँ लगायतका महिला बेखबिखनमा पर्ने गरेको प्रमुख पौडेलले जानकारी दिनुभयो । यी स्थानहरुमध्ये मैनतडाबाट बढी महिला भारत लगायतका मुलुकमा बेचबिखन हुने गरेको उहाँले पुष्टि गर्नुभयो ।

कमजोर आर्थिक अवस्था, शैक्षिक ज्ञान नहुनु, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसा जस्ता कारणले प्रभावित भएर महिला जीवनका सबै रहर खोसिएको पत्तो नपाउँदा बेचबिखनमा पर्ने गरेको प्रमुख पौडेलको भनाइ छ । “यहाँबाट बाहिरिँदा वैदेशिक रोजगारी भनेर बाहिरिन्छन्”, पौडेल भन्नुहुन्छ, “सबैथोक वैदेशिक रोजगारी होइन भन्ने चेतनाको कमी हुँदा यहाँका अधिकांश महिला बेचबिखनको उच्च जोखिममा परेका छन् ।”

यौन शोषण, दासता, मानव अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यका लागि सुर्खेतका महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । विधिको दुरुपयोगका कारण पनि महिला बेचबिखनमा पर्ने गरेको उहाँको तर्क छ ।

बाहिरी जिल्लाबाट वीरेन्द्रनगरमा आउने अधिकांश युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गरेका महिला तथा बालबालिका कार्यालयको अध्ययनले देखाएको छ । अध्ययनअनुसार पकेट खर्चको जोहो गर्न धेरैजसो युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गर्दछन् । मानव ओसार–पसार रोक्नका लागि कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पौडेलले बताउनुभयो । बेचबिखन रोक्नका लागि साबिकका १० गाविस र पूर्वको भेरीगंगा नगरपालिका र पश्चिमको पञ्चपुरी नगरपालिकामा समिति गठन गरिएको छ ।

बुधबार वीरेन्द्रनगरमा मानव बेचबिखनविरुद्ध पौरखी समूहले चेलीबेटी बेचबिखन विरुद्धमा हाम्रो अभियानसम्बन्धी एकदिने अन्तरक्रिया पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...