छतमा तरकारी फलाएर बजारमा बिक्री



हाम्रो इकोनोमि

पाल्पा । जमिन छैन, तर उहाँले ७० किलो तरकारी उत्पादन गरी बेच्नुभयो । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो ।

तरकारी खेती गर्नका लागि प्रशस्त जमिन चाहिन्छ भन्ने मान्यतालाई उहाँले गलत साबित गर्नुुभयो । पाल्पा पोखराथोकका ५७ वर्षीय कवि नेपालले प्लास्टिकका ड्रममा तरकारी खेती गरी सफलता पाएपछि श्रम र पसिना पोखेको अवस्थामा प्रशस्त जमिनको अभावमा पनि तरकारी खेती गरी आम्दानी गर्न सकिने बताउनुभयो ।

एउटा सिङ्गो ड्रमलाई काटेर उहाँले दुईओटा भाँडा बनाउनुभएको छ । माटोले भरिएका ड्रमका दुईओटा भाडामा सिमी ४० किलो, लसुन १५ किलो, प्याज १५ किलो र बोडीसमेत उत्पादन भएको नेपालले बताउनुभयो । बारीमा झैँ बाँसका झिक्रामा झाल बेरिएर सीमी फलेका छन् ।

मुटुको बाइपास सर्जरी गरेका बिरामी नेपाल बिहान बेलुका छतमा चढ्नुहुन्छ, कहिले तरकारी खेतीमा चाहिने पानी हाल्नुहुन्छ त कहिले ड्रममा झार गोड्नुहुन्छ, यसरी घरमा नै विषादीविहीन तरकारी उत्पादनमा उहाँ केन्द्रित हुनुहुन्छ । यो समयमा उहाँ रु १५ हजार आम्दानी गर्नसमेत सफल हुनुभएको छ ।

जमिन नभएकोमा चिन्ता लिनु पर्दैन । नेपालले घरको छतमा तरकारी खेती गरेर बूढेसकालमा समयको सदूपयोग गरी शरीरलाई नियमित कसरत गर्ने र भान्छामा विषादीविहीन तरकारी पकाउने उहाँलाई दोहोरो फाइदा भएको छ । यो उहाँको समय बिताउने काम मात्र होइन, दुई–चार रुपैयाँ पनि कमाउने र शरीरलाई स्वच्छ र स्वस्थ राख्न समेत सफल हुने विधि पनि हो ।

उहाँको दुईतले पक्की घरको छतमा ड्रममा गरिएको तरकारी खेती वन्यजन्तुबाट पनि सुरक्षित रहेको उहाँ बताउनुहुन्छ ।

सिमी, बोडी, प्याज, लसुन लगायतका तरकारीले घरको सौन्दर्यसमेत बढाएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि जमिनको अभावमा घरमा नै तरकारी खेती गरेर आत्मनिर्भर बन्दै दुई–चार पैसा कमाउन सकिने सम्भावना उहाँले देखाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...