मधेशले केहि पाएन राज्यले सौतेनी व्यवहार गर्यो भनेर कुर्लने राजपा नेपालका नेतालाई वर्तमान सरकारले गतिलो चाबुक लगाईदिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ४९ दिन लगाएर भए पनि मधेशी नेताहरुले भन्दै आएको उक्त भनाइलाई लात मार्दिएका हुन्। देउवाले सबैभन्दा धेरै मधेसी समुदायबाट प्रतिनिधित्व गराएका छन्। चारवटै पार्टीबाट गरी देउवा सरकारमा १० जना मधेसी समुदायबाट मन्त्री भएका छन् । २७ सदस्यीय मन्त्रिपरिषद्मा १० जना मन्त्री हुनु भनेको ३७ प्रतिशत हो ।
सरकारमा कांग्रेसबाट तीन, माओवादी केन्द्रबाट तीन, लोकतान्त्रिक फोरमबाट तीन । नेकपा संयुक्तबाट एक गरी १० जना मधेसी समुदायका मन्त्री छन् । कांग्रेसबाट फरमुल्लाह मन्सुर, रामकृष्ण यादव र महेन्द्र यादव, माओवादी केन्द्रबाट शिवकुमार मण्डल, प्रभु साह र सन्तकुमार थारू, लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदार, जितेन्द्र देव र गोपाल दहित तथा नेकपा संयुक्तबाट मिथिला चौधरी मन्त्री बनेका छन् । यो सबै नियालेका राजपाका नेताको यतिबेला मुखमा बुझो लागेको छ।