प्रदेश र केन्द्रको चुनावपछि माओवादीको महाधिवेशन



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रदेश र केन्द्रको निर्वाचन पछि मात्र आफ्नो पार्टीको महाधिबेशन हुने बताएकि छिन् । रफत सञ्चार क्लवले बिहिवार गरेको साक्षतकारमा बोल्दै प्रवक्ता भुसालले यस्तो बताएकि हुन् । त्यस्तै उनले आफ्नो पार्टीमा ठूलो महाधिवेशन आयोजक समिति भद्दा देखिएकोले पार्टीको बैठकले सानो बनाएको बताएकि छिन् ।

त्यस्तै संसदमा जब दुई तिहाई मत पुग्छ तब संसदमा संविधान संशोधन प्रस्ताव सरकारले लैजाने बताएकी छिन् । प्रवक्ता भुसालले अहिले संसदमा दुई तिहाई मत नभएकोले संशोधन प्रस्ताव लैजानुको अर्थ नभएको भन्दै सरकार संशोधन प्रस्तावको लागि दुई तिहाईको कसरतमा लागेको बताएकि हुन् ।

उनले राप्रपाले सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत दिनेमा सरकार बिश्वस्त रहेको बताइन । निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिबेदन आउने र संसदबाट निर्वाचन सम्बन्धी विधेयक छिट्टै पारित हुने भन्दै उनले त्यस पछि बाँकी रहेको तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...