चौबीस करोड राजश्व संकलन



हाम्रो इकोनोमि

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३–७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ ।

कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ । सो कार्यालयले गत आवमा रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत विकास कुमारले राजश्व संकलनमा वृद्धि हुँदै गइरहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारका कारण राजश्व वृद्धि हुँदै गएको उहाँको भनाइ छ । आव २०७२–७३ मा रु २२ करोड ८६ लाख राजश्व संकलन गरेको थियो ।

गत आवमा लक्ष्यभन्दा १४५ प्रतिशत राजश्व संकलन भएको भन्सार अधिकृत कुमारले राससलाई जानकारी दिनुभयो । यो आव २०७२–७३ भन्दा नौ प्रतिशत कम हो । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा जनचेतला बढेका कारण राजश्व असुलीमा वृद्धि हुँदै गइरहेको छ ।

तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधारलगायत कार्यले राजश्व संकलनमा सुधार आएको हो । गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुडी बढी मात्रामा भारततर्फ निर्यात हुने गरेको छ । खुल्ला सिमानाका र फितलो सुरक्षाका कारण यहाँका विभिन्न नाकाबाट भन्सार छलेर भारतीय सीमावर्ती बजारबाट सामान भित्र्याउने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...