भ्रष्टाचार र अनियमितता हुन दिन्न: खेलकुद मन्त्री केसी



हाम्रो इकोनोमि

नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टाचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् ।

“आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ । पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु,” मन्त्री केसीले भने, “त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्ने छु ।”

मन्त्री केसीले नेपालको भूगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनु पर्नेमा जोड दिँदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रीत गर्ने गरी काम गर्ने वचनवद्धता प्रकट गरे । मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमूलक काममा सही ढंगले परिचालन गर्न आवश्यक रहेको बताउँदै उनले खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चोभार निवासी केसी राजनीति करियरमा पहिलोपटक मन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...