२० लाख घुस नखाए पछि उपसचिवलाइ कोइरालाको आग्रहमा प्रधानमन्त्रीले ठाडै सरुवा गरिदिए



कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले २० लाख घुस नखाइदिएको भन्दै एक उपसचिवको सरुवा गरेका छन। नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ ।

प्रधानमन्त्रीको आदेशमा सामान्य प्रशासन मन्त्रालयले असार ३० गते उनलाई सरुवा गरेको मन्त्रालयले बताएको छ । उनलाई वन मन्त्रालय मातहतको कार्यालयमा सरुवा गरिएको हो ।

न्यु मनकामना क्रसर उद्योगले बुझाउन बाँकी एक करोड ९२ लाख जरिवाना प्राप्त नहुँदासम्म सो क्रसर उद्योग सञ्चालन हुन नदिने अनुगमन तथा सुपरीवेक्षण समितिको निर्णयका कारण उनको सरुवा भएको जानकारको भनाइ छ । कांग्रेस महामन्त्री महामन्त्री डा. शशांक कोइरालाको चुनाब क्षेत्रमा पर्ने उक्त क्रसरलाइ जोगाउन उनै कोइरालाको दबाबमा प्रधानमन्त्रीले ठाडो निर्देशन दिएको हो।

जिल्ला समन्वय समितिमा असार ३० गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको बैठकमा स्थानीय विष्णु कार्कीको स्वामित्वमा रहेको उक्त उद्योगलाई जरिवाना रकम नबुझाउँदासम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । स्मृति निर्माण सेवा कम्पनी र न्यु मनकामना क्रसर उद्योगका प्रोपराइटर कार्की कांग्रेस महासमिति सदस्य हुन् ।

आव ०७४/७५ मा पनि जिल्ला समन्वय समितिले नै जिल्लाका खोलानालाको ठेक्का लगाउन पाउने भएको छ । नदीजन्य पर्दाथको अवैध उत्खनन् र निकासी गर्नेहरूले एलडिओको सरुवा नहुँदासम्म नदीको दोहन गर्न नसक्ने भएकाले सरुवा गराएको हुन सक्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज किसन शर्माले बताए । एलडिओ सरुवाका विषयमा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले आफूलाई जानकारी नभएको बताए। समान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पनि यो विषयमा बोल्न चाहेनन् ।

स्थानीय विकास मन्त्रालय मातहतका कार्यालयमा कर्मचारीलाई २ वर्षको अवधिसम्म सरुवा गर्न नपाइने नियम छ । निजामती कर्मचारी सेवा ऐन २०५० को दफा १८ को नियम ३६ मा प्रत्येक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तभित्र कर्मचारी सरुवा गर्न पाउने उल्लेख छ । तर, सामान्य प्रशासन मन्त्रालयले नियमलाई मिचेर असार मसान्तमा एलडिओको सरुवा गरेको छ। सरुवा गर्नु पूर्व उनलाई २० लाख घुष खाएर मिलाई दिन अनुरोध गरिएको थियो। २० लाख घुस नखादा उनलाई सरुवा गरिएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय