तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन



हाम्रो इकोनोमि

बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिनुभयो ।

जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्याँक छ ।

दुई लाख ९० हजार ३०२ गाई–भैँसीबाट ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको साहले बताउनुभयो । जिल्लामा २०२ गाई फार्म र २७ भैँसी फार्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...