गुटबन्दीले कांग्रेस थला पारेको भन्दै शशांकले देउवा र पौडेललाई एका बिहानै हाने रामबाण



बिपी कोइरालाका छोरा तथा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दी र भागबण्डा तत्काल अन्त्य हुनुपर्ने बताएका छन् । त्यो हुन् नसके पार्टी माफियाको कब्जामा पुग्ने शंका समेत उनले गरेका छन।
बिहीबार कोइराला निवासमा देशभरिबाट आएका प्रेस युनियनका केन्द्रिय सदस्यहरुको सम्मानमा आयोजित चियापनलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीभित्र पछिल्लो समय चरम गुटबन्दी मौलाएकोले यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘गुटबन्दी धेरै नराम्रो कुरा हो, पार्टीमा यस्तो खराब प्रवृत्ति देखिनु भनेको भविष्यमा यसले पार्टीलाई शुभ गर्दैन्।’ नेपाली जनताको प्रिय पार्टी गुटबन्दीले थालिन सक्ने उनको ठम्याई थियो ।

उनले भने,‘हरेक कुरामा भागबण्डा, यो त गलत भयो नि।’त्यस्तै उनले मन्त्रीदेखि अन्य नियुक्तीमा समेत भागबण्डा देखिनु गलत प्रवृत्ति भएको टिप्पणी गरे । उनले पार्टी सभापति शेरबहादुर देउवाले एक ढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिए ।

संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गराउनेगरि निर्णयार्थ पेश गर्नुपर्ने बताए । उनले भने,‘कांग्रेस संशोधन प्रस्तावको पक्षमा छ, यसको विकल्प छैन, यसलाई पारित गराउनेगरि अघि बढाउनुपर्छ।’ मुलुकमा विधिको शासन स्थापित गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै आगामी दिनमा समेत मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका कोइरालाले पौडेलको कार्य शैलीको पनि घुमाउरो पारामा बिरोध जनाए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय