राप्रपा भक्तपुरमा विवाद चर्कियो



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको छ ।

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेका कारण पार्टीले जिल्लामा हार व्यहोर्नु परेको आरोप खेप्दै आउनु भएका जिल्ला अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेपछि उहाँले जिल्ला सदस्यदेखि केन्द्रीय सदस्यसमेतलाई कारबाही गर्नुभएको हो ।

जिल्ला समितिको बैठकले जिल्ला सदस्य माधव खत्री, चाँगुनारायण नगर समिति सदस्य रामशरण लामिछाने र भक्तपुर नगरसमिति अध्यक्ष राजेन्द्र लाखालाई पार्टीबाट निष्कासन गरिएको जिल्ला सचिव मुकुन्द कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, केन्द्रीय सदस्यद्वय रवीन्द्रप्रताप शाह र यवती कार्की तथा केशवप्रसाद अधिकारी र लवकुमार कार्कीलाई कारबाही गर्ने जिम्मेवारी भने केही दिनअघि मात्रै केन्द्रीय सदस्यमा मनोनित भएका सानुकाजी हेक्का, सुरेन्द्र केसी र रामेश्वर थापालाई जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो ।

भक्तपुरमा अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष कमल थापा समूहका र कारबाहीमा पर्नेहरु नेता पशुपति शमशेर राणा पक्षधर हुन् । दुई पक्षबीच चुनाव अगाडिदेखि नै मतभेद कायम रहँदै आएको र पछिल्लो समयमा विवाद चर्किएको राप्रपा जिल्ला समितिका पदाधिकारीले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले चुनावमा अन्तर्घात गरेको, पार्टी हित विपरित काम गरेको र भक्तपुरको पार्टीलाई प्रभावकारी रुपमा चलाउन नसकेपछि उहाँको राजीनामा लिएर नयाँ ढंगबाट पार्टी संगठनलाई अगाडि बढाउने भन्दै विपक्षीले विरोध गरेका थिए ।

यता केन्द्रीय सदस्य शाहले भने अध्यक्ष श्रेष्ठले राप्रपा निकट जनताले अध्यक्षको विकल्प खोजेको प्रतिक्रिया दिँदै विधानविपरित निर्वाचित पदाधिकारीलाई कारबाही गरे भन्नु गलत भएको बताउनुभयो ।

चुनावपछि अध्यक्षले समीक्षा बैठकसमेत राख्न नसकेको बताउँदै उहाँले अल्पमतको बैठक र विधानविपरीत भएको कारबाहीको कुनै अर्थ नराख्ने बताउनुभयो ।

राप्रपा जिल्ला समितिको मङ्गलबार बसेको बैठकमा २९ कार्यसमिति सदस्य रहेकामा १७ कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेको र बैठकमा सहभागीले समेत ‘नोट अफ डिसेन्ट’ लेखेको बैठकमा सहभागीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...