नारायणगढ–मुग्लिन सडकमा बायोइन्जिनियरिङको काम तीव्र



हाम्रो इकोनोमि

नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ ।

बायोइन्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने कार्य भइरहेको हो । पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाका वातावरणविद् जनकराज पाठकले सडकको स्तरोन्नतिको काम सम्पन्न भएका ठाउँमा ९० प्रतिशत बायोइन्जिनियरिङको कार्य सम्पन्न भएको बताउनुभयो । उक्त सडकखण्डको ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
बायोइन्जिनियरिङअन्तर्गत जुटका ठूलाठूला जालीलाई माटो बग्ने ठाउँमा किला ठोकेर माटो बग्न दिइँदैन । उक्त जालीको बीचबीचका प्वालमा घाँसका बिरुवा तथा बीउ रोप्ने काम भइरहेको पाठकले बताउनुभयो । उहाँका अनुसार उक्त जालीमा लगाइका बिरुवा बढ्दै जाने र बिस्तार जाली कुहिएर मलका रुपमा परिणत हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...