राजपा नेपाल एमालेको गोटी बनेको यादवको आरोप



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल एमालेको गोटी बनेको आरोप लगाएका छन् ।

आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै अध्यक्ष यादवले राजपा नेपालले चुनावमा भाग नलिएर एमाले पार्टीलाई सहयोग पुर्याएको दावी गरे । फोरम नेपालले मात्र चुनावमा भाग नलिएको भए गणतन्त्र र संघीयता समेत खतरामा पर्ने देखिएकाले अन्तिम समयमा आएर चुनावमा भाग लिने निर्णय गरेको बताउँदै उनले आफ्नो पार्टीले ठूलो बलिदानी दिएर संघीयता ल्याएकाले त्यसलाई कुनै पनि हालतमा समाप्त हुन नदिने उद्देश्यले स्थानीय तहको चुनावमा भाग लिएको स्पष्ट पारे ।

संघीयता र गणतन्त्रका लागि लडाई तथा संघर्ष भइरहेको बेला राजपा नेपालका कतिपय नेताहरु सत्ताभोगमा भएकाले उनीहरुलाई त्यसप्रति त्यति मोह नरहेको टिप्पणी पनि उनले गरे ।

अहिलेको मुख्य काम संघीयता र गणतन्त्र जोगाउनु हो भन्दै यसैमा टेकेर अन्य मागहरु पूरा गराउन सकिने उनले धारणा राखेका थिए । प्रमुख तीन दल २४० निर्वाचन क्षेत्र यथावत राख्दै समानुपातिक मासेर संघीयतालाई समाप्त पार्ने खेलमा लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...