बाध्यात्मक कानून नआएसम्म महिला प्रतिनिधित्वको मुद्दा ज्यूँका त्यूँ रहने



सांसद एवम कानूनविद्हरुले निर्वाचन प्रक्रियामा देखिएका असहजतालाई अवसरका रुपमा लिएर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ मा व्यापक सुधार गर्नुपर्ने सुझाव दिनुभएको छ ।

नेपाल कानून समाजद्वारा आज आयोजित अन्तरक्रियामा सहभागी सांसदहरुले लैंगिक तथा सामाजिक समावेशीकरणका दृष्टिबाट विधेयकमा थुप्रै सुधारको खाँचो देखिएको टिप्पणी गर्नुभयो ।

संविधानको भावनाअनुरुप केन्द्रमा ३३, प्रदेशमा ४० र स्थानीय तहमा महिलाको प्रतिनिधित्व स्पष्ट हुने गरी कानूनमै व्यवस्था हुन आवश्यक रहेको बताउँदै वक्ताहरुले बाध्यात्मक कानून नभएसम्म महिला प्रतिनिधित्वको मुद्दा ज्यूँका त्यूँ रहने धारणा व्यक्त गर्नुभयो ।

निष्ठाको राजनीति गर्नेलाई स्थानीय तहको निर्वाचनले अत्याश लाग्ने स्थिति देखाएको उल्लेख गर्दै सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाका लागि आरक्षणको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुुभयो ।

केही वक्ताले भने आरक्षणसम्बन्धी व्यवस्थाले महिलालाई परनिर्भर तुल्याएको मात्र नभई सहयोगको नाममा आरक्षणले अशक्त बनाउने काम भएको भनी टिप्पणी गर्नुभयो ।

सो अवसरमा नेकपा एमालेका प्रमुख सचेत भानुभक्त ढकाल, नेपाली काँग्रेसका पुष्पा भुसाल, नेकपा ९माओवादी केन्द्र०का रेखा शर्मा, अमनलाल मोदी, नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीलगायतले समानुपातिक र समावेशी सिद्धान्तलाई संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न सबै राजनीतिक दलबीच मतैक्यता हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

समाजका अध्यक्ष कोमलप्रकाश घिमिरे, कार्यकारी निर्देशक कृष्णमान प्रधान र अधिवक्ता डा। यामबहादुर किसानले लैंगिक तथा सामाजिक समावेशीकरणको दृष्टिबाट विधेयकमा देखिएका कमीकमजोरीलाई औँल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्