देउवा संग कमल थापा भाउन्न,आबेशमा आएर प्रधानमन्त्रीलाई किन यस्तो सन्देश पठाए?



सरकारमा जान तिब्र इच्छा जाहेर गरेको राप्रपालाई सहभागि नगराइएपछि राप्रपा रुष्ट बनेको छ । राप्रपाले असार २३ मा भएको प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई सघाएको थियो । देउवा सरकारमा आफ्नो प्रतिनिधित्व चाहेपनि दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार हुँदासम्म पार्टीलाई कुनै महत्व नदिएको भन्दै राप्रपा रुष्ट बनेको हो । राप्रपा पनि आजै सरकारमा जान चाहन्थ्यो तर प्रधानमन्त्रीले तगारो हाले पछि उ आक्रोशित बनेको छ।
सरकारसँग रुष्ट बनेको राप्रपाले यसअघि सरकार गठन लगायतका विषयमा वार्ता गर्न गठन गरेको वार्ता समिति भंग गरेको घोषणा गरेको छ । राप्रपाले सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्द नेतृत्वमा कुन्ती शाही र दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो ।
राप्रपा विशेश्वर शर्मा सुवेदीले आजैका मितिदेखि जयन्त चन्द नेतृत्वको वार्ता समिति भंग गरिएको बताए । राप्रपा स्रोतका अनुसार अब पार्टी सरकारमा जाने सम्भावना लगभग सकिएको छ । कमल थापाले देउवाका सहयोगीलाई सरकार लाई दिएको समर्थन फिर्ता लिने संदेश पठाएका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय