विवेकशील साझा पार्टी घोषणा, को–को परे, केन्द्रीय समितिमा (सूचिसहित)



हाम्रो इकोनोमि

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बुधबार पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । त्यस्तै तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह राखिएको छ ।

नयाँ पार्टीमा मिश्र र थापा हाललाइ समान हैसियतमा रहनेछन् । नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने एकीकृत पार्टीले जनाएको छ ।

त्यस्तै दुवै पार्टीबाट ४–४ जनाको संयोजन समिति समेत गठन गरिएको छ । जसमा सहसंयोजकमा रविन्द्र मिश्र र उज्जवल थापा रहेका छन् ।

केन्द्रीय समितिमा को–को ?
नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् । चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...