वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रचण्डको प्रतिवद्धता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, प्रभावकारी र व्यवस्थित बनाउन सबैको सामूहिक पहलको आवश्यक्तामा पनि जोड दिए । बुधबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई आफू र आफ्नो पार्टीले प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयनको काम गुणात्मक चरणमा प्रवेश गरेको उल्लेख गर्दै अव मुलुक आर्थिक विकास र समृद्धिको दिशामा केन्द्रित हुने विश्वास पनि व्यक्त गरे । उनले आफ्नो पार्टी सामाजिक न्यायसहितको आर्थिक विकासको पक्षमा रहेको पनि बताए । त्यस अवसरमा संघका नवनिर्वाचित अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्या समाधान गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्