उपत्यकामा अब जाम नहुने,ट्राफिकका हाकिम सर्वेन्द्र खनालले जारी गरे यस्तो कडा उर्दी



ट्राफिक प्रहरी इन्चार्जहरुलाई उपत्यकामा हुने जामलार्इ हटाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले निर्देशन दिएका छन् ।
‘जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन्, समय खेर गइरहेको छ,’ खनालले भने, ‘सहि ट्राफिक व्यवस्थापन नहुदाँ पनि धेरै जाम भएको मैले पाएको छु । लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्नुस् भनेको छु ।’ ‘कहाँ कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ, त्यो आजैबाट पत्ता लगाउन भनेको छु, जाम हटाउने काम आजैबाट सुरु भइसकेको छ, ’ खनालले भने, ‘धेरै जाम हुन नदिन सबै वल प्रयोग गर्नेछु ।’
प्रहरी संगठनको छवि उच्च राख्ने गरी काम गर्न उनले ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिएका छन् । ट्राफिक प्रहरीको विफ्रिङपछि खनाल मंगलबार साँझ निरीक्षणमा निस्केका थिए । साथै उनी बुधबार पनि बानेश्रलगायतका ठाँउमा अनुगमनमा निस्किएका थिए ।

त्यस्तै खनालले पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गरिने बताएका छन् । ‘कोही ट्राफिक प्रहरी लोभ लालचमा परे, छुटकारा दिइन्न’, उनले भने, ‘कारबाही हुन्छ ।’हालै एसएसपीबाट डिआईजी सिफारिश भएका खनाल काबिल प्रहरी अफिसर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय