पाँच थान बन्दुक बरामद



हाम्रो इकोनोमि

प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

छ÷सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा उनीहरुले बन्दुक फालेर भागेको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा खानतलासी गर्दा प्रहरीले लोड गरिएको एक नाले भरुवा बन्दुक पाँच थान, काटिएको लत्ताको टुक्रा पाँच थान, कपडाको थैली एक, बारुद भएको प्लास्टिकको बट्टा दुई, बारुद भएको आल्मुनियमको बट्टा एक, सलाइको बट्टा सात र ३८ वटा छर्रा भएको कपडाको पोको एक थानलगायतका बस्तु बरामद गरेको जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...