तिब्बतमा के गर्दैछन् ओली, क-कस्लाई भेटेर के के गरे ?



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा रहेका छन् ।  उनले साउन ९ गते मानसरोवर यात्रा गरेपछि तिब्बतको सिगात्से तथा आली प्रिफेक्चरको भ्रमण गरेका हुन ।

ओलीको साथमा धर्मपत्नी राधिका शाक्य तथा चिकित्सकसहित ६ जना रहेका छन् । स्रोतका अनुसार चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणमा ओली तिब्बत गएका हुन् । उनले मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीका तेस्रो तहका उच्च नेतासँग भेटवार्ता गरेका थिए ।

साउन ७ गते ल्हासाको गोंगर विमानस्थल पुगेका उनको भ्रमण दललाई तिब्बत सरकारका सहायक अध्यक्ष लो मई, तिब्बत जनकांग्रेसका उपाध्यक्ष चु च्यानह्वा र नेपाली महावाणिज्य दूतावास, ल्हासाका महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले स्वागत गरेका थिए । ल्हासा विमानस्थलनमा ओली र तिब्बत जनकांग्रेसका उपाध्यक्ष चु बीच द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो ।

ओली साउन ८ गते ल्हासाबाट रेलमार्गमार्फत सिगात्से पुगेका ओली र सिगात्से प्रिफेक्चरका पार्टी सेक्रेटरी चाङ याङछिङबीच भेटघाट तथा छलफल भएको थियो । बैठकमा चाङले चीनको तिब्बत सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको, सिगात्से प्रिफेक्चरमा पर्ने २०७२ बैशाख १२ को भूकम्पबाट अबरुद्ध भएको खासा नाका क्षेत्रको अध्ययन भइरहेको, रसुवागढी नाकामा चीनतर्फ पूर्वाधार विकासको कार्य भइरहेको, किमाथांका–चेन्ता नाका क्षेत्रमा समेत चीनतर्फ द्रुतगतिमा पूर्वाधार विकास भइरहेको बताएका थिए ।

बैठकमा ओलीले आफू सन् २०१६ मा प्रधानमन्त्री भएका बखत दुई देशको हितको लागि विभिन्न सम्झौता र सहमति भएको उल्लेख गर्दै ती सम्झौता तथा सहमति कार्यान्वयन गर्न तिब्बत सरकार तथा सिगात्से प्रिफेक्चर सरकारको समेत पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्दै तिब्बत र नेपालबीचको ऐतिहासिक, भौगोलिक, व्यापारिक, धार्मिक, सांस्कृतिक सम्बन्धको उल्लेख गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग थप सुदृढिकरण हुने र चीनको ‘वान वेल्ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिन चाहेको कुरा व्यक्त गरेका थिए ।

सोही दिन ल्हासामा ओली र तिब्बत जनसरकारका अध्यक्ष छिटालाबीच सांग्रिला होटलमा भेटवार्ता भएको थियो । ओलीले नेपाल र चीनबीच सदियौं पुरानो तथा सुमधुर सम्बन्ध रही दुई देश एक–अर्काका असल छिमेकीको रूपमा रहेको उल्लेख गर्दै ‘ओविओआर’मा नेपाल आबद्ध भएपश्चात नेपालले रेलवे, सडक, व्यापार, पर्यटन, ऊर्जा तथा लगानी लगायतमा विविध क्षेत्रमा चीनबाट ठूलो सहयोग प्राप्त हुने र यसबाट नेपालको आर्थिक विकासमा टेवा पुग्ने विचार राखेका थिए ।

साउन ९ गते ओली ल्हासाबाट विमानमार्फत तिब्बतको आली प्रिफेक्चर प्रस्थान गरी सोही दिन हिन्दु र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश पर्वत र मानसरोवरको भ्रमण गरेका थिए । ओली प्रिफेक्चरमा रहेको कुन्सा विमानस्थल समुद्र सतहबाट ४३४० मिटर उचाइमा रहेको र मानसरोबरको उचाइ ४६२४ मिटर रहेकोमा उनीलगायत प्रतिनिधिमण्डलका कुनै पनि सदस्यलाई उचाइजन्य समस्या वा लेक लाग्ने समस्या नभएको एमालेले जनाएको छ ।

भ्रमणको चौथो दिन मंगलबार ओली तिब्बतको आलीबाट ल्हासा फर्केका थिए । ओलीले बुधबार ल्हासामा त्यहाँका प्रसिद्ध धार्मिक तथा पर्यटकीय धरोहरहरू पोताला दरबार, नोर्बुलिंका मन्दिर, नोर्बुलिंका पार्क, अन्य प्रसिद्ध गुम्बा तथा मन्दिरको अवलोकन गर्ने तथा तिब्बत क्षेत्रका अन्य उच्च नेतासँग भेटघाट गर्ने कार्यतालिका रहेको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्