राप्रपाका जनवर्गीय संगठन पुनर्गठन गरिने



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ ।

तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म तथा संस्कृति समितिबाहेक अन्य कुनै पनि भ्रातृ संगठन पुनर्गठन गरिएको थिएन ।

स्थानीय तहमा गरिएका चुनाव तथा पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादका कारण गठन हुन नसकेका ती संगठनलाई सक्रिय बनाएर आगामी निर्वाचनमा देशभर राजनीतिक गतिविधि सञ्चालन गरिने पार्टीले जनाएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठले दुई चरणमा भएका स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि अब पार्टीलाई सशक्त बनाउने र जनताको सेवामा केन्द्रित गर्ने रणनीति लिइएको जानकारी दिनुभयो ।

भ्रातृ संगठन पुनर्गठन गरी प्रमुखलगायतको समूह तोक्ने, देशैभर संगठन सुदृढीकरणका अभियान सञ्चालन गरी पार्टीका नीति तथा सिद्धान्तलाई जनताको घर दैलोमा पु¥याउने उद्देश्य राखिएको छ ।

पार्टीका विद्यार्थी, युवा, महिलालगायत क्षेत्रमा करिब २० वटा जनवर्गीय संगठन छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...