राप्रपाका जनवर्गीय संगठन पुनर्गठन गरिने



राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ ।

तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म तथा संस्कृति समितिबाहेक अन्य कुनै पनि भ्रातृ संगठन पुनर्गठन गरिएको थिएन ।

स्थानीय तहमा गरिएका चुनाव तथा पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादका कारण गठन हुन नसकेका ती संगठनलाई सक्रिय बनाएर आगामी निर्वाचनमा देशभर राजनीतिक गतिविधि सञ्चालन गरिने पार्टीले जनाएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठले दुई चरणमा भएका स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि अब पार्टीलाई सशक्त बनाउने र जनताको सेवामा केन्द्रित गर्ने रणनीति लिइएको जानकारी दिनुभयो ।

भ्रातृ संगठन पुनर्गठन गरी प्रमुखलगायतको समूह तोक्ने, देशैभर संगठन सुदृढीकरणका अभियान सञ्चालन गरी पार्टीका नीति तथा सिद्धान्तलाई जनताको घर दैलोमा पु¥याउने उद्देश्य राखिएको छ ।

पार्टीका विद्यार्थी, युवा, महिलालगायत क्षेत्रमा करिब २० वटा जनवर्गीय संगठन छन् ।

प्रतिक्रिया दिनुहोस
ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन