नेपालको विश्वकप खेल्ने सपना चकनाचुर



न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि (यु–१९ )को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना असफल भएको हो । यस जीतसँगै अफगानिस्तानले विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै विश्वकप खेल्नेछ ।

विश्वकप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको छनोट खेलमा सहभागी अन्य दुई राष्ट्र आयोजक सिंगापुर र मलेसियालाई भने नेपालले दुवै खेलमा पराजित गरेको थियो ।

अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४० दशमलव छ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रनको योगदान दिए । पाँचौँ नम्बरमा आएका ऐरीले ८१ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे ।

खराब शुरुवात गरेको नेपाल खेलको ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई व्यक्तिगत छ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि दुई रन जोड्दै मैदान बाहिरिए । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले खाता नै खेल्न सकेनन् भने अनिल साह पनि छ रनमै समेटिए । नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।

सत्रौँँ ओभरमा नेपालले पाँचौँ विकेटका रुपमा रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । पौडेलले तीन रन मात्र जोडे । पवन सर्राफ १०, प्रकाश केसी १०, कप्तान सन्दीप लामिछाने दुई तथा शाहव आलमले पनि अविजित दुई रन मात्र जोड्न सके ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६।५ ओभरमा सबै विकेट गुमाएर १९५ को योगफल बनाएको थियो ।

अपगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतकीय पारी खेल । ११४ बल खेलेका उनले पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर ब्याट्सम्यान नबिद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि साहब आलमले चार विकेट लिए भने दीपेन्ख्र सिंह ऐरीले तीन तथा कप्तान सन्दीप लामिछाने र पवन शर्राफले समान एक-एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि

जनकपुरले जित्यो एनपीएलको उपाधि

    जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको फाइनल हेर्न देउवा र प्रचण्ड सँगै

    नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु