प्रधानमन्त्री पत्नीको उजुरी पछि ठमेल र दरबारमार्गका डिस्को क्लबमा छापा मारियो ,कहाँ कहाँ के-के भेटियो ?



राज्य व्यवस्था समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद तथा प्रधानमन्त्रीपत्नी आरजु राणाले राजधानीमा खुलेका नाइट क्लबबारे टिप्पणी गरेपछि गृह मन्त्रालयको निर्देशनपश्चा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ठमेलस्थित विभिन्न रात्रिक्लबमा आइतबार छापा मारेर स्थलगत अनुगमन गरेको छ । असार अन्तिमतिर संसद्को बैठकमा सांसद आरजुले उक्त धारणा राखेकी थिइन।

आइतबार साँझ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल नेतृत्वको टोलीले अनुगमन गरेको थियो । अनुगमन टोलीमा प्रहरीको तर्फबाट डीएसपी सोमेन्द्रसिंह राठौर सहभागी थिए । उक्त टोलीले ठमेलस्थित रात्री क्लबहरु रिप, पर्पल हेज, नगरकोट दोहोरी, इबिज्जा डिस्को र दरबारमार्गस्थित आइ क्लब, मधुशाला, अल नाइट ओपन बार, क्लब डेजाभुलगायत १० भन्दा डिस्को, डान्स तथा लोकदोहारीको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए। कागजात चेकजाँचको क्रममा अधिकांश रात्रिक्लबहरुले सम्बन्धित निकायबाट लिनुपर्ने अनुमतिसमेत नलिएको, व्यवसायको उद्देश्यविपरीत काम गरेको, करछली गरेको भेटिएको थियो । र कतिपयमा बेश्याबृती गराउने गरेको समेत भेटिएको थियो।

‘अनुगमनको क्रममा इबिज्जा, डेजाभु, लेट नाइट, अल नाइट ओपन बारलगायत क्लबको भ्याटदर्ता तथा कम्पनी दर्ता गरेको कागजातसमेत पाइएको छैन । उनीहरुलाई तत्काल कागजात नबुझाए कारबाही गरिने चेतावनी दिइएको छ ।’ लुइँटेलले भने । अनुगमन टोलीका एक सदस्यका अनुसार क्लब डेजाभुले सामान्य खाजाघर र क्याटरिङ सञ्चालनको अनुमति लिएर डिस्को सञ्चालन गरेको भेटिएको छ ।

डेजाभु क्लबबारे सांसद राणाले चर्को आलोचना गरेकी थिइन् । त्यसबेला उनले समितिमा भनेकी थिइन्, ‘दरबारमार्गमा ट्यांकी जस्तो ठूलो भाग रहेको डेजाबु भन्ने क्लब खुलेको रहेछ । पस्ने र निस्कने साना–साना ढोका मात्र छन् । २ हजार बढी मान्छे अट्ने क्लबमा भूकम्प आयो भने त्यहाँका युवायुवती कसरी बाहिर निस्कन्छन् रु व्यवस्थित भएन ।’ डेजाभु क्लबको सञ्चालकमा गुण्डानाइके राम गिरी रहेका छन् । प्रहरीका केही अधिकारीहरुको संरक्षणमा वर्षौंदेखि रात्रि व्यवसायमा एकाधिकार जमाउन सफल उनी केही महिनादेखि भूमिगत छन् । क्लब डेजाभुमा अर्का गुण्डानाइके दाबा लामामाथि आक्रमण गर्न खोज्दा दोहोरो झडपमा घाइते भएका उनलाई काठमाडौं प्रहरीले ३ दिन थुनामा राखेको थियो । आपराधिक कामको खानी हुने त्यस्ता ठाउमा राजनीतिक दलका नेता र पहुचवालाको लगानी समेत पाइएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय