देउवा विरुद्ध रामचन्द्र संगै आरजु पनि, प्रधानमन्त्रीलाइ भेटेरै गच्छदारले किन दिए सरकार छोड्ने चेतावनी



पार्टी सभापति एव्ं प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई सामान्य प्रशासन मन्त्रालयसहित ४ वटा मन्त्रालय दिने तयारी गरिरहेपनि पौडेल पक्षले १३ मध्य भौतिक योजनासहित ५ मन्त्रालयमा दाबी गरिरहदा लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष एवं उप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार छाड्ने चेतावनी दिएका छन् ।

उनले सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सम्झौता अनुसार मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेको बेला गच्छदार नेतृत्वको पार्टी स्थानीय विकास, सँस्कृति तथा पर्यटन र भूमि सुधार मन्त्रालय पाएका थिए ।
अहिले पनि यी तीनै मन्त्रालय पाउनुपर्ने दावी गच्छदारले गर्दै आएका छन् तर सत्ताधारी दलले पर्यटन मन्त्रालयको सट्टामा अरु कुनै मन्त्रालय दिने भनेपछि गच्छदार आक्रोशित भएका हुन् ।
मन्त्री गच्छदारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्पर्क गरि सहमति अनुसार पर्यटन मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।
मन्त्रीविस्तार हुन गइरहेको अवस्थामा सबैलाई भागबण्डा मिलाउन मन्त्रालयको अभाव भइरहेको कारणले पर्यटन मन्त्रालयको सट्टा अरु कुनै मन्त्रालय लिन सत्ताधारी दलले आग्रह गरेको लोकतान्त्रिक फोरम स्रोतले जनाएको छ ।
तर, प्रचण्डको मन्त्रीमण्डलमा सहभागि हुने बेला र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि यिनै तीन मन्त्रालय लिएर सहभागि हुने सहमति भएको बताउँदै मन्त्रालय हेरफेर नगर्ने फोरम लोकतान्त्रिकले बताएको छ । सो पार्टीका उपाध्यक्ष रामजनम चौधरीले भने, ‘अब मन्त्रालयमा दायाँ बायाँ हुँदैन, जे सहमति भएको छ त्यही नै पाउनुपर्छ नभए सरकारको बारेमा सोँच्न बाध्य हुनेछौँ ।’
फोरम लोकतान्त्रिकको चेतावनीपछि देउवा सरकार थप संकटमा परेको छ । मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेको कारण आफ्नै पार्टीभित्र तथा सत्ता साझेदार दल माओवादी केन्द्रबाट देउवाले आलोचना खेपिरहेका छन् ।
उता महिलालाइ ३३ प्रतिशत सहभागिता जनाउन पर्ने भन्दै देउवा पत्नी आरजुको आफ्नै लबिङ्ग पनि छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय