रामचन्द्रले खोजे मन्त्रालय मालदार, देउवालाइ आफ्नै क्याबिनेट हुने भयो भार



आज हुने भनिएको मन्त्रिपरिषद बिस्तारमा रामचन्द्र पौडेल तगारो बन्ने सम्भावना बढ्न थालेको छ।
काँग्रेस वरिष्ठ नेता पौडेल पक्ष र काँग्रेस सभापति समेत रहेका शेर बहादुर देउवाबीच कुरा नमिल्दा मन्त्रीमण्डल विस्तारको काम अनिश्चित प्राय बन्दै गईरहेको हो । नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको छ भने सभापति देउवा ४ मन्त्रालय दिन तयार देखिएका छन् । बालुवाटारमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता तथा काँग्रेस महामन्त्री सशांक कोईराला, प्रकाशमान सिँह, डा.रामसरण महत, सिता देवि यादव लगायत नेताको वैठक बसिरहेको छ । मालदार मन्त्रालयमा पौडेलले आँखा लगाए पछि देउवा दिने नदिने तनाबमा छन। पार्टी सभापति एव्ं प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई सामान्य प्रशासन मन्त्रालयसहित ४ वटा मन्त्रालय दिने तयारी गरिरहेपनि पौडेल पक्षले १३ मध्यै भौतिक योजनासहित ५ मन्त्रालयमा दाबी गरिरहेको छ।

माओवादी केन्द्रले ६ जनामन्त्रीको टुङ्गो लगाईसकेको छ । प्रधानमन्त्री देउवा मन्त्रीमण्डल बिस्तारको अन्तीम चरणमा पुगेको बेला आफ्नै पार्टीको विवादको कारणले मन्त्रीमण्डल विस्तार गर्ने काममा सफल हुन सकेका छैनन् । माओबादी अध्यक्ष प्रचण्डले भने आजै छिटो विस्तार गर्न दबाब दिएका छन।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको