गुट चलाउन क-कसलाई चाहियो पापा,सिटौलाका कारण मन्त्री बन्न यसरी रोकिए गगन थापा



प्रचण्ड नेतृत्वको सरकारको नाक जोगाईदिने मन्त्रीको सुचिमा गगन थापा र जनार्दन शर्मा नाम सधै लिइन्छ।थापाले स्वास्थ मन्त्री भएर चर्चा बटुले भने शर्माले उर्जा मन्त्री भएर लोडसेडिंग हटेर चर्चाको शिखरमा पुगे। चर्चित जनार्दन लाइ माओबादीले फेरि मन्त्री बनाएको छ,उनी अहिले पनि उत्तिकै चर्चामा छन। तर कांग्रेसका गगन गुमनाम छन उनको चर्चाले धेरै कांग्रेसीलाइ पोलेको छ र मन्त्री बन्न नदिन अनेक जुक्ती लगाईरहेका छन। यो निश्चित छ कि गगन फेरि मन्त्री बने अझ बढी चर्चा कमाऊछन्।त्यसैले पनि उनी यो पटक मन्त्री बन्दै छैनन् । त्यसमा भाँजो हाल्ने काम कृष्ण प्रसाद सिटौलाले गरेको खुल्न आएको छ ।

गगन थापा मन्त्रीहुँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत हुने सबै कृयाकलापहरुमा नेता सिटौलाले हस्तक्षेप गरेको र प्रायः सबै नियुक्ति तथा सरुवा बढुवाहरुमा सिटौलाले हस्तक्षेप गरेको गुनासो छ । र, त्यसकै पैचो सिटौलाले तिर्नुपर्ने भन्दै थापाले सिटौलासँग वार्गेनिङ गरेको काँग्रेस मुख्य कार्यालय स्रोत दाबी गर्दछ ।
गगन थापाले नियुक्तिमा कसैसँग कुनै पैसा नलिएपनि हरेक नियुक्तिमा सिटौला हाबी हुँदा करोडौंसम्मको चलखेल भएको चर्चा व्याप्त छ । अहिले सिटौलालाई सरकारमा पठाएर गगन थापा सोही दृश्य दोहो¥याउन खोज्दैछन् ।
सिटौलाले थापालाई पदाधिकारी नियुक्तिमा चलखेल गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति र अस्पताल निर्देशक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति, रजिष्ट्रार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रार तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति नियुक्तिबाट करोडौं आम्दानी गरेको पार्टी भित्रै चर्चा छ । पदाधिकारी नियुक्तिमा सिटौला हाबी हुँदा गगन थापा रबरस्ट्याम्प बन्न बाध्य भए । र, ‘जसोजसो पुरोहित उसैउसै स्वाहा’ गरे ।
स्रोतका अनुसार सिटौलाले गगन थापालाई देउवाको सरकारमा पुनः स्वास्थ्यमन्त्री बनाउने बाचा गरेका थिए । तर, थापाले केही मेडिकल व्यापारीलाई चिढ्याएपछि उनीहरू कुनै पनि हालतमा थापालाई पुनः मन्त्री हुन नदिने पक्षमा खुलेरै लागेका छन् । सिटौलाले थापालाई फ्याँकेर भिमसेनदास प्रधानलाई काखी च्यापेपछि थापा झनै आगो भएका छन् । उनी ‘माओवादीले जनार्दन शर्मालाई दोहोर्याउन हुने काँग्रेसले किन नहुने ?’ भन्दै पार्टी अध्यक्ष र सिटौलासँग मुर्मुरिएका छन् ।

स्वास्थ्य मन्त्रालयबाट पदाधिकारी नियुक्तिमा मज्जैले कमाएका सिटौलाले भिमसेन दास प्रधानमार्फत अर्को कमाई हुने मन्त्रालयको खोजीमा छन् ।
अहिले सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाई, जनसङ्ख्या तथा वतावरण, पशुपक्षी विकास, भुमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात महिला बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद रक्षा वन तथा भूसंरक्षण। विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण, संस्कृति, पर्यटन, सहकारी गरिबी, सूचना तथा सञ्चार मन्त्रालय मन्त्री विहिन छन् । यी मन्त्रालय मध्ये काँग्रेसको भागमा १३ ओटा मन्त्रालय परेको छ । सो मध्ये सबैभन्दा ठुलो बजेट भएको मन्त्रालयमा भिमसेनदास प्रधानलाई लैजाने तयारी सिटौलाको छ । यसका लागि उनले रामचन्द्र पौडेल र देउवासँग वार्गेनिङ गरिरहेका छन् ।
को हुन् सिटौला?

माओवादी शान्ति प्रक्रियामा आउने बेला तत्कालीन सरकारका गृहमन्त्री कृष्ण प्रसाद सिटौला स्वर्गिय गिरिजा प्रसाद कोइरालाका प्रिय पात्र थिए । उनले त्यत्तिबेला माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन ठुलै भूमिका खेले । र, धेरैले उनलाई गरिजा प्रसाद पछिको नेताका रूपमा पनि अथ्र्थाए । तर, ‘नारद’ प्रवृत्तिका सिटौला धेरै समयसम्म टिक्न सकेनन् । फल स्वरूप आफ्नै पार्टी भित्र गुट बनाएर बस्न बाध्य भए ।
गिरिजा प्रसाद कोइरालाको विरासत लिन्छु भन्दै कोइरालाका मान्छे चोरेर नेता रामचन्द्र पौडेललाई सिध्याउँदै शेर ब. देउवाको सरकारमा चढ्ने भर्याङ्ग बनेका नेता सिटौलाको गुट अहिले हल्लिएको छ ।
उनी कहिले कोइरालाहरुसँग टाँसिएर देउवालाई थर्काउने त कहिले देउवासँग बसेर कोइरालाहरु भित्र खेल्ने ‘नारद’ बनेका छन् । उनी कसरी हुन्छ पौडेल र कोइराला परिवार बिच फ्याक्सन ल्याएर आफू अघि बढ्ने रणनीतिमा छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय