प्रदेश नम्बर २ मा पनि एमाले पहिलो हुन्छ: सचिव ज्ञवाली



नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश नं २ को निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा आउने दाबी गर्नुभएको छ । उहाँले निर्वाचन किस्ताबन्दीमा नभइ प्रदेश र संसद्को निर्वाचन पनि एउटै समयमा गर्नुपर्छ र यसका लागि एमाले तयार छ भन्नुभयो ।

रफत सञ्चार क्लब भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले आफ्नो दल भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भए पनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर घटनाका दोषीलाई सरकारले कारबाही गर्न सकेको छैन भन्नुभयो ।

सत्तारुढ दलकै कारण समयमै मन्त्रिमण्डल विस्तार हुननसकेको भन्दै सचिव ज्ञवालीले एमाले संविधान संशोधनको पक्षमा भएपनि सत्तारुढ दल भने एमालेसँगको सल्लाहबिनै एकतर्फीरूपमा अघि बढेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई