प्रदेश नम्बर २ मा पनि एमाले पहिलो हुन्छ: सचिव ज्ञवाली



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश नं २ को निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा आउने दाबी गर्नुभएको छ । उहाँले निर्वाचन किस्ताबन्दीमा नभइ प्रदेश र संसद्को निर्वाचन पनि एउटै समयमा गर्नुपर्छ र यसका लागि एमाले तयार छ भन्नुभयो ।

रफत सञ्चार क्लब भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले आफ्नो दल भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भए पनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर घटनाका दोषीलाई सरकारले कारबाही गर्न सकेको छैन भन्नुभयो ।

सत्तारुढ दलकै कारण समयमै मन्त्रिमण्डल विस्तार हुननसकेको भन्दै सचिव ज्ञवालीले एमाले संविधान संशोधनको पक्षमा भएपनि सत्तारुढ दल भने एमालेसँगको सल्लाहबिनै एकतर्फीरूपमा अघि बढेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...