डा. केसीको ११औँ आमरण अनशन सुरु



हाम्रो इकोनोमि

चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरेका डा. गोविन्द केसीले ११औँ अनशन सुरु गरेका छन्। डा. केसीले आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए। सरकारले माग सम्बोधन नगरेपछि डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन थालेका हुन्।

आफूले यसअघि माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशन बस्न वाध्य भएको डा। केसीले बताएका छन्। उनले भने, पटक–पटक आश्वासन दिइए पनि यो अवधिमा मागहरु पूरा नभएकाले सत्याग्रह सुरु गर्नु परेको हो ।’

विगतमा झैं यसपल्ट पनि आफ्नो अभियानमा नागरिकहरुको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुने उनको विश्वास छ। डा. केसीले चिकित्सा शिक्षा ऐन पारित र चिकित्सा शिक्षा क्षेत्रका अनियमतता रोक्ने प्रमुख माग अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...