एनसेलको सय अर्बमा कुन-कुन नेताले आँखा पारे,अर्थसचिबले रोक्दिए पछि रन्किएर मुख्य सचिबले किन झपारे?



निजी क्षेत्र द्वारा संचालित मोबाईल सेवा सञ्चालन गर्दै आएको एनसेलले नवनियुक्त मुख्य सचिबलाई समेत आफ्नो नियन्त्रणमा लिएको पछिल्लो पटक गरेको व्यवहारले पुष्टी भएको छ । एनसेलले रिजर्भमा भएको पैसा विदेश लैजान अर्थमन्त्रालयले गरेको रोक्काको विषयमा मुख्य सचिब राजेन्द्रकिशोर क्षेत्रीले अर्थसचिब शान्तराज सुबेदीलाई कार्यकक्षमै डाकी झपारेको समाचार सुत्रको दाबी छ।बुझिए अनुसार मुख्य सचिब एनसेलबाट किनिएका छन।

कर चुक्तामा चरम विवादमा रुमलिएको सो कम्पनीले उच्च पदस्थ कर्मचारीदेखि प्रधानमन्त्रीसम्मलाई कमशिनको लोभमा अर्वौै कर छली गर्दै आएको मुद्दा नसकिदै मुख्य सचिब क्षेत्रीले सो रकम किन रोक्का गरेको भन्दै झपारेको अर्थमन्त्रालय स्थित उच्चस्रोतले जनाएको छ । नाम नेलेख्ने सर्तमा स्रोतले भन्यो,‘अर्थ सचिव कार्यकक्षमै डाकेर कर अधिकृतको काम कर संकलन गर्ने हो कि खाता रोक्का गर्ने हो भन्दै झपारे ।’ .

एनसेलले रिजर्भमा रहेको रकम लैजान (रिप्याट्रिएसन) का लागि राष्ट्र बैंकमा निवेदन दिएपछि ठूला करदाता कार्यालयले असार दोस्रो साता रोक्का गर्न निवेदन दिएको थियो । कार्यालयको निवेदनका आधारमा राष्ट्र बैंकले खाता आशिंक रोक्का गरेको छ । रोक्कापछि एनसेलले खातामा पैसा जम्मा गर्न र आन्तरिक प्रयोजनका लागि निकाल्न पाउँछ, विदेश लैजान पाउँदैन ।

रिजर्भमा एनसेलको गत आर्थिक वर्षमै ८३ अर्ब रुपैयाँ रहेको थियो । अहिले १६ अर्ब रुपैयाँ थपिएको अनुमान गरिएको छ ।१०० अर्ब भन्दा बढी रकम भएको अर्थ मन्त्रालयको श्रोतको भनाइ छ। खाता आंशिक रोक्का भएपछि २० प्रतिशत सेयरवाला स्थानीय साझेदारले लाभांश प्रयोग गर्न पाएका छैनन् । स्थानीय साझेदार (सतिशलाल आचार्य) ले नै शक्तिकेन्द्रमा पुगेर रोक्का फुकुवा गराउन दवाव दिइरहेका छन् ।
मुख्य सचिवमात्र हैन प्रधानमन्त्री सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका प्रभावशाली नेताले फुकुवा गराउन चासो देखाइरहेका छन् । स्रोतका अनुसार पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि अर्थ सचिवलाई बोलाएर रोक्कानै किन गर्नु पर्यो भन्दै सो फुक्का गराउन आग्रह गरेको स्रोतको दाबी रहेको छ । तीन ठुला दलका नेताको दबाब पनि उत्तिकै भएको श्रोतको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय