भाई टिका लगाई दिने चेलीलाइ समेत समेटेर देउवाले भोली १९ जनालाई मन्त्री बनाउने,कसले कुन मन्त्रालय पाउने भए?



सत्ता साझेदार माओबादीका अध्यक्षले मन्त्रिपरिषद बिस्तार नहुदा आफुलाई लाज लागेको बताउदै हिजो आयोजित पत्रकार सम्मेलनमा आज सोमबार क्याबिनेट बिस्तार हुने बताए पनि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएकाले मंगलबार सरकार बिस्तार हुने भएको हो।

सरकार गठन भएको डेढ महिना भइसक्दासमेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।उनलाई हिजो प्रचण्डले भेटेर छिटो विस्तार गर्न आग्रह गरेका थिए। संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरमलगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले ढिलाइ भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।

माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, सीता नेपाली, गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, टेकराज बस्नेत, आशा कोइराला मन्त्री बन्ने भएका छन् । शाही ऊर्जा, पोखरेल स्वास्थ्य, श्रेष्ठ सामान्य प्रशासन, मण्डल सिँचाइ, बस्नेत कृषि विकास, नेपाली महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बन्ने बुझिएको छ । कोइरालालाई कुन मन्त्रालय दिने भन्ने सहमति भइसकेको छैन । त्यो आज टुंगो लाग्ने माओबादी श्रोतले बताएको छ।

कांग्रेस नेता रामचन्द्र आफ्नो पक्षबाट मन्त्री हुनेको नाम बुझाइसकेका छन् । जसमा बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त, बद्री पाण्डेको नाम समावेश भएको छ । यस्तै, मोहनबहादुर बस्नेत र भीमसेनदास प्रधान क्रमशः खुमबहादुर र सिटौला पक्षबाट मन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो गुट बाट अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेत र मिन विश्वकर्मालाई मन्त्री बनाउने भएका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्दैछन् । देअ पर्यटन र दहित भूमिसुधार मंत्री बन्ने भएका हुन् । भोलि नै आधा दर्जन लाइ राज्य मंत्री बनाउने देउवाको तयारी छ। देउवाले मंत्री बनाउन लागेकी अम्बिका बस्नेतले उनलाई तिहारको भाई टिका लगाइदिने गरेकी छिन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय