एउटै परिवारको ससहयोगमा अनाथ आश्रम सञ्चालन



हाम्रो इकोनोमि

एउटा परिवारको मायाले बूढीगंगा नगरपालिका–२ मा १० जना अनाथ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, अभिभावकत्व पाउँदा हर्षित बनेका छन् ।

बाजुरा बूढीगंगा नगरपालिका साविकको ब्रह्मतोला गाविस–१ मा काका बहादुर थापा र भतिज गणेश थापाको परिवारले विगत तीन वर्षदेखि अनाथ बालबालिकाको स्याहार गर्दैआएका छन् । उनीहरुलाई खान, बस्नदेखि शिक्षा, स्वास्थ्यमा थापा परिवारले सहयोग पु¥याएको छ ।

घरमै अनाथ बालबालिकाका लागि आश्रम बनाइएको छ । आश्रम नजिकै रहेको वसन्त बालमैत्री प्राथमिक विद्यालयमा १० बालबालिका अध्ययन गर्दै आएका छन् । प्राविका प्रधानाध्यापक बहादुर थापा कन्सर्न बाजुराका अध्यक्ष हुनुहुन्छ । थापाकी पत्नी सावित्री थापाले बालबालिकाकोे स्याहारसुसार तथा संरक्षण गर्दै आउनुभएको छ ।

आश्रममा बसेका सबै बालबालिकाका आमाबुबा छैनन् । सम्बन्धित गाविसको सिफारिसपछि आश्रममा राखिएको संस्था निर्माण कर्ता गणेश थापाले बताउनुभयोे । आश्रममा चारजना बालबालिका ब्रह्मतोलाका, दुई जयवागेश्वरीका दुई कैलाशमाडाँैका हुन् ।

उनीहरुको लालनपालन, शिक्षा, स्वास्थ्यका लागि मासिक रुपमा तीस हजारभन्दा बढी खर्च हुने गर्दछ । आश्रममा रहेका बालबालिका चारदेखि नौ वर्ष उमेरका छन् । हालसम्म आश्रम सञ्चालनमा करिब तीन लाख खर्च भइसकेको कन्सर्न बाजुराका महासचिव पदम भण्डारीले बताउनुभयो ।

यसवर्ष अनाथ बालबालिकाका लागि पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले संसद् विकास कोषबाट रु दुई लाख र ब्रह्मतोला गाविसले २५ आँै गाउँपरिषद्बाट रु एक लाख १० हजार भवन निर्माणका लागि छुट्याइएको छ ।

अनाथ बालबालिकाका लागि महिला तथा बालबालिका कार्यालयबाट रु दुई लाख ८६ हजारको एक कार्यक्रम सञ्चालन गरिएको छ । संस्थालाई खाने सामग्री र कपडाका लागि अमेरिकामा बस्ने यज्ञबहादुर राना र पदमबहादुर शाही लगायतले रु ७० हजार बराबरको सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...