तीन पुस्तादेखि डोकाको व्यापार



हाम्रो इकोनोमि

स्थानीय गैरास्थित अत्तरीया–डडेल्धुरा भीमदत्त सडकखण्डको किनारमा बसाबास गर्दै आउनुभएका डडेल्धुराको अमरगढी नगरपालिका– ६ का ५४ वर्षीय ज्ञानबहादुर पार्कीे डोका, छाप्रा र भकारी निर्माणबाटै जीवन गुजारा गर्दै आएका छन् ।

बाजे, बुवा हुदै आफूपनि यस्ता सामग्री बनाएर तराईका कैलाली, कञ्चनपुरसम्म बिक्री गरेर घर खर्च चलाउदै आएका पार्की दम्पतीले झण्डै ३९ वर्षदेखि लगातार डोकाको व्यापार गरिरहेको यसै पेशाबाट दैनिक गुजारा चलाउनुका साथै छोराछोरीको पढाइ र विवाह खर्च समेत गरेको बताए । गैरामा तयार भएका सामग्री बिक्रीका लागि उनले जनिकका जिल्लामा पु¥याउने गरेका छन् ।

“घरको भाडा, खाना खर्च काटेर मासिक रु १० हजारजति आम्दानी हुन्छ ।” रासससंगको भेटमा पार्कीले भने,– ‘‘मेरो त जागीर भनेकै डोका, छाप्रा, भकारी बनाउने हो ।’’ डोटीको गैरा, घण्टेश्वर, हगुल्टेँ लेक र यहाँका सामुदायिक वनमा डोका, लगायतका सामाग्री बनाउने कच्चा पदार्थ बनाउने निङ्गालो पाइने भएकाले केही समय डडेल्धुराबाट बसाइ सरेर आफू गैरा आएर बस्ने गरेको उनले सुनाए ।

बनाइएका ती सामग्री तराईका कैलाली, कञ्चनपुरसम्म बिक्री हुने प्रति डोका रु पाँच सयसम्म लिने गरेके पार्कीले भने, ‘‘समयमै यो काम गरेन भने घर व्यवहार धान्नै मुश्किल हुन्छ । बुबा हलुवा पार्की र बाजे कमले पार्कीले पनि डोकोकै व्यापार गरेका थिए । बाउ÷बाजेबाट सिकेर मैले पनि आधाजीवन यसमै खर्चिए ।’’

एक महिनामा ३० थान डोकासम्म बनाउने गरेको छु भन्दै उनले यसै व्यापारबाट सात छोराछोरीको लालनपालनका लागि खर्च धानेको बताए ।

अब पहिलेजस्तो निगालो पाउनै छाडिसकेपनि डोका र छाप्राको माग भने अझै घटेको छैन, तराई जाँदा ५०० थानसम्म डोका र छाप्रा बिक्री भएको उनले बताए । पहाडी जिल्लाको भन्दा तराईका जिल्लामा डोका, भकारी धेरै खपत हुने भएकाले तराईमा डोकासित अन्न समेत साट्ने गरेको पार्कीले भने, ‘‘प्रति डोकाको २५ देखि ३० किलोसम्म धानसित पनि साटेको छु , यस पेशाबाट जीवनमा धेरै ठूलो परिर्वतन नआए पनि पेट पाल्न अरुसित हात थाप्नुपरेन ।” दलित समुदायले सुदूरपश्चिममा यस प्रकारका हस्तनिर्मित सामग्री बनाएर बिक्री गर्ने गरेको भए पनि पछिल्लो दशकयता डोका, भकारी बनाएर बिक्री वितरण गर्ने प्रचलनमा कमी आउँदै गएको छ ।

कच्चा पदार्थको पनि कमी भएकाले पनि हस्तनिर्मित उपभोग्य सामग्री निर्माणमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...