राप्रपा: निर्वाचन तयारी भेला सप्तरीबाट



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यही साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला गर्ने भएको छ ।

आगामी असोज २ गते प्रदेश नं २ मा हुने सो निर्वाचनमा पार्टीलाई अग्रस्थानमा स्थापित गराउने उद्देश्यले भेला गराउन लागिएको बताइएको छ । दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेपछि अब जनतासँग बृहत् अन्तक्र्रिया, घरदैलो, राजनीतिक भेलालगायत कार्यक्रम गरिने छ ।

पार्टीले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । समितिले प्रदेश नं २ को स्थानीय तहमा क्रियाशील पार्टीका संगठनसँग समन्वय गरी स्थानीयवासी तथा तराई–मधेशका जनताको चाहना तथा भावना समेटेर चुनावी गतिविधि सञ्चालन गर्नेछ ।
पार्टीले लिएका नीति तथा सिद्धान्तबारे जनतालाई बुझाइने समितिका संयोजक तामाङले जानकारी दिनुभयो । समितिले पार्टीको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने छ । यही साउन १५ गते समितिको पूर्ण बैठक आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...