काँग्रेस केन्द्रीय समिति बैठक जारी



हाम्रो इकोनोमि

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल जारी छ ।

बैठकमा हालै सम्पन्न दुई चरणका स्थानीय निर्वाचनमा भएका कमजोरीको समीक्षा गरी आगामी असोज २ गते प्रदेश नं २ मा पनि हुने निर्वाचनमा पार्टीलाई अत्यधिक तहमा विजयी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राखिरहनु भएको छ ।

शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा आवश्यक गृहकार्य गरेर उपयुक्त उम्मेदवार चयन गर्नुपर्ने, समयमै टिकट वितरण गर्नुपर्ने, प्रचारमा पार्टीका सबै संरचना प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेलगायत सुझाव आएको पार्टी कार्यालयले जनाएको छ ।

केन्द्रीय सदस्यले प्रदेश नं २ मा हुने स्थानीय तह तथा त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा सुझाव दिएको नेता रामकृष्ण यादवले जानकारी दिनुभयो । सोबाहेक पार्टीको स्थिति सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, निर्वाचनमा जनतामाझ लैजाने कार्यसूची तथा राष्ट्रिय राजनीतिमा पार्टीको प्रभावकारी भूमिकालगायत विषयमा बैठकमा छलफल जारी छ ।

बैठकमा पहिलो दिन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत २० केन्द्रीय सदस्यले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी विषयमा केन्द्रित रहेर आआफ्नो धारणा राख्नुभएको थियो । आज बिहानदेखि पुनः जारी बैठकमा अपराह्नसम्म पुष्पा भुसाल, ईश्वरी न्यौपाने, रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, केशवकुमार बुढाथोकी, किरण यादव, वीरबहादुर बलायर र मोहन बस्नेतले धारणा राख्नुभएको थियो ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, राजदूत नियुक्तिलगायत प्रकरणले निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुगेका बारेमा केन्द्रीय सदस्यले पक्षविपक्षमा धारणा राखेको युवा नेता प्रदीप पौडेलले जानकारी दिनुभयो ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका अध्यक्षतामा भएको बैठकको प्रारम्भमा वरिष्ठ नेता पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नाको कारण तथा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...