गोर्खाल्याण्डबारे भाजपाका नेताले भने- बंगाल सरकारले लेखेर दिँदैन भने हामीले के गर्न सक्छौँ ?



भारतमा गोर्खाहरुको छुट्टै अस्तित्व कायम गराउन भइरहेको गोर्खाल्याण्डको आन्दोलन तुहाउन बंगालकी मुख्यमन्त्री ज्यान छोडेर लागिपरेको रहस्य बाहिरीएको छ। गोर्खाल्यान्ड पाएपछि भारतीय गोर्खाहरू नेपालतिर गाभिएर जान्छन् भन्ने भ्रमपूर्ण तर्क गर्दै उनले केन्द्रमा पोल लगाएको भाजपाका नेताले बताएका छन। कति सम्म भने ममता बेनर्जीले नेपालका माओबादीले गोर्खाल्याण्डको मुद्धा उचालेको आरोप लगाएर आन्दोलनलाइ अन्यत्रै मोड्न खोजेकी थिइन।

भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले पश्चिम बंगाल सरकारले स्वीकार गरेमा केन्द्र सरकारले क्षणभरमै गोर्खाल्यान्ड राज्य अनुमोदन गर्ने बताए। तर, यसलाई नेपालको समस्यासँग जोड्नु नहुने उनको भनाइ छ। लोकसभाका सांसदसमेत रहेका कोस्यारीले भने, ‘पश्चिम बंगाल सरकारले आजै पास गरेर बेग्लै राज्य बनाउन सहमति दिन्छ भने केन्द्र सरकारले त्यसलाई अनुमोदन गरिदिन्छ र गोर्खाल्यान्डका लागि बाटो खुला गरिदिन्छ । यसमा केन्द्र सरकारलाई समस्या छैन,’ कोस्यारीले भने, ‘बंगाल सरकारले लेखेर दिँदैन भने हामीले के गर्न सक्छौँ ? यो बंगाल सरकारका कारण समस्या आइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय