अख्तियारको काम चित्त बुझ्दो नभएको सांसदको गुनासो



हाम्रो इकोनोमि

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाहीप्रति असन्तुुष्टि जनाएका छन्। सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरा ल्याउन नसकेको आरोप लगाएका छन्।

सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा राजनीतिक तहको भ्रष्टाचार नसमेटिएको भन्दै आपत्ति जनाए । उनले आयोगको काम, कारबाही पूर्वाग्रही भएको दावी पनि गरे । सांसद जोशीले मुलुकमा नीतिगत भ्रष्टाचार चुलिँदै जाँदा समेत त्यसलाई समेट्ने प्रयास अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न नसकेको आरोप पनि लगाए । अख्तियारले कतिपय अवस्थामा भ्रष्टाचार जस्तो मुद्दालाई सतही रुपमा लिने गरेको पनि स्पष्ट पारे ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद नगेन्द्रकुमार कुमालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको कामलाई सतर्कतापूर्वक अघि बढाउन नसकेको आरोप लगाए । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारलाई साथमा लिएर संसद र संसदीय समितिहरुले विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता पनि उनले औंल्याए ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद नरसिंह चौधरीले राजनीतिक तहमा हुने भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो नदिएको आरोप लगाए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने हो भने सांसदहरुले आफूले आफैंलाई सुशासनको दायरामा ल्याउनुपर्ने स्पष्ट पारे ।

सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफदेही बनाउन आवश्यक रणनीति तय गर्न त्यसको वार्षिक प्रतिवेदनमाथि छलफल गरेको हो । बैठकमा समितिका अन्य सदस्यहरुले पनि अख्तियारलाई जवाफदेही बनाउन संसदले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बेला आएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...