चुनाब हारेपछी माओबादीमा गुरिल्ला शैली, पद देखाएर खानेको खोसियो थैली



बिगतको सबै भन्दा ठुलो दल माओबादीले स्थानीय तहको चुनाबमा नराम्रो पराजय भोगे पछि केन्द्रिय महाधिवेशन आयोजक समिति विघठन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिडाडामा सम्पन्न जिल्ला अध्यक्षसहितको केन्द्रिय सचिवालयको बैठकले दोहोरो अंक नबढ्ने गरी केन्द्रिय समिति बनाउने निर्णय गरेको हो । मोहन वैद्य नेतृत्वको पार्टीवाट वरिष्ट नेता रामबहादुर थापा वादल नेतृत्वको समुह एमाओवादी केन्द्रमा प्रवेश गरेपछि यसअघि माओवादीमा करिव ४५ सयको केन्द्रिय आयोजक समिती बनेको थियो । उक्त भद्धा समिति भंग गरि उसले छरितो बनाउने निर्णय गरेको हो।

वैठकले सैद्धान्तिक रुपमा केन्द्रिय समिति सानो बनाउने निर्णय गरेपनि प्रदेशहरुको सहमतीपछि मात्र निर्णय लागु हुनेछ । अहिलेलाई केन्द्रिय समितिको संख्या सानो बनाउने निर्णय भएको छ, प्रदेशको वैठकको सहमतीपछि केन्द्रिय कार्यालयले नै केन्द्रिय समितिको संख्या निर्धारण गर्छ । नेता लेखराज भट्टले भने । जनयुदमा मात्र माओबादीले तह घटुवा गर्दै आएको थियो ।

माओवादीले प्रदेश र केन्द्रको चुनावको लागी घोषणापत्र तयार गर्ने जिम्मा वरिष्ट नेता नारायणकाजी श्रेष्ठलाई दिएको छ । समितीमा सातै प्रदेशका संयोजकलाई सदस्य तोकिएको छ । त्यसैगरी अर्का वरिष्ट नेता रामबहादुर थापाको संयोजकत्वमा उम्मेदवार छनौट समिती निर्माण गरिएको छ । समितीमा सवै प्रदेशका इन्चार्ज र वरिष्ट नेताहरु शक्ति वस्नेत र वर्षमान पुनलगायत सदस्य छन् । माओवादी केन्द्रले छिट्टै राष्ट्रिय भेला गर्ने तयारी समेत गरेको छ । उसले प्रदेश नम्बर २ मा जसरि पनि कब्जा गर्ने रणनिती बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको