द्वन्द्वपीडितलाई पाँच करोड बढी राहत



हाम्रो इकोनोमि

दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोड बढी राहत वितरण भएको छ ।

जिल्लाका १९० जना द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी, वेदनिधि खनालले बताउनुभयो ।

द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्वपीडितलाई राहतस्वरूप आर्थिक सहायता रकम दिइएको प्रजिअ खनालले जानकारी दिनुभयो ।

कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१ जना, सुरक्षाकर्मी नौजना र कर्मचारी एकजना गरी जम्मा ८१ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी रु १० लाख पु¥याइएको छ ।

उक्त ८१ जनामध्ये ७८ जना मृतकका परिवारले मात्र राहत रकम लिएका छन् । बाँकी तीनजनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताउनुभयो ।

स्थानीय तहको चुनाव अगाडि नै राहत रकम आएको भए पनि निर्वाचन आचारसंहिताका कारण निर्वाचनपछि मात्रै वितरण गर्न भनिएकाले प्राप्त राहत रकम पूर्णरूपमा वितरण गर्न नसकिएको सम्बाहाम्फेले बताउनुभयो ।

सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका चारजनामध्ये दुईजनाको परिवारलाई यसअघि नै रु पाँच लाख उपलब्ध भएको र थप रु पाँच लाख बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उहाँले बताउनुभयो । बाँकी दुईजना भने जीवितै भेटिएकाले उनीहरूको नाममा आएको राहत रकम फिर्ता भएको छ ।

त्यसैगरी द्वन्द्वको समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित भएका १११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी रु २५÷२५ हजार राहत रकम वितरण गरिएको छ ।

राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको बताइएको छ । पीडित सम्पर्कमा आउन ढिला भएका कारण केही पीडितले भने राहत पाएनन् ।

कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न जम्मा रु पाँच करोड ४३ लाख बजेट प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...