कांग्रेसले निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गर्ने



स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ ।

कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहनुभएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।

जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनका पार्टीका उम्मेदवारलाई असहयोग गर्ने, हराउन सक्रिय हुने र बागी उम्मेदवारी दिनेलाई समितिले छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ ।

समितिले वडादेखि गाउँपालिका र नगरपालिकामा अन्तरघात गर्नेको सूची तयार पारेपछि कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने केसीले बताउनुभयो । निर्वाचनमा पराजित भएका उम्मेदवारले दुई दर्जनभन्दा बढी उजुरी दिएका छन् । यसैबीच कांग्रेस ३ नंं क्षेत्रीय कार्यसमितिको बैठकले गत वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने मेघाङ देउरालीका रामबहादुर तामाङ, किस्पाङ भाल्चेका लोकबहादुर घले र विदुर नगरपालिकाका कृष्णबहादुर खड्कालाई पाँच वर्षका लागि साधारण सदस्यताबाट निलम्बन गरी जिल्ला कमिटीलाई बुझाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार  ०५ : ५४  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या